समाचार

कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

२९ असार , कावासोती । यातायात व्यवस्था कार्यालय कावासोती, नवलपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । गत असार २६ का दिन एक कार्यक्रम गरी कार्यालयले अनलाईन परीक्षाको उद्घाटन गरेको हो । कार्यालयले अनलाइनबाट लाइसेन्सको परीक्षा लिन सुरु गरेको देशभरमा यो नै पहिलो पटक भएको बताएको छ । नयाँ सफ्टवेर प्रणालीको विकास कार्यालयका कम्प्युटर अपरेटर प्रदिप सापकोटाको एकल प्रयासमा भएको र अन्य आर्थिक तथा भौतिक सहयोग कार्यालयले गरेको कार्यालयका निमित्त प्रमुख टेक बहादुर नेपालीले जानकारी दिनुभयो । नयाँ प्रणालीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द…
Read More
भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

कावासोती, असार २७। नवलपुरको कावासोतीमा वसोवास गर्ने पूर्व भारतीय गोर्खा सैनिक तथा परिवारको कल्याणकारी सँस्था भु.पू. सैनिक तथा परिवार कल्याणकारी सँस्थाको अध्यक्षमा सुवेदार प्रेम वहादुर राना चयन हुनुभएको छ । शनिवार , कावासोती १ स्थित पोखरीताल पर्यटकीय स्थलमा सम्पन्न सँस्थाको १२ औँ साधारण सभा तथा चौथो अधिवेशनवाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा योगप्रसाद रिजाल, सचिवमा सुवेदार हिरा वहादुर मिधुन , सहसचिवमा हिमाल गुरुङ्, कोषाध्यक्षमा टेक वहादुर थापा र सहकोषाध्यक्षमा क्याप्टेन हेमवहादुर राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्याप्टेन नल वहादुर कुँवर, हवल्दार दुर्गा वहादुर राना, सुवेदार वीर वहादुर राना , सुवेदार भिम वहादुर सलामी…
Read More
राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

पोखरा, असार २५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा सहकारी पुनर्जागरण चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखरास्थित दिपसागर होटलमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सहकारी संघका अध्यक्षहरु सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवाला गरी करिब ९० जनाको सहभागिता रहेको थियो। राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सदस्य श्रीमती कमला देवी गिरिको सभाध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सहकारी क्षेत्रको वर्तमान अवस्था, कानुनी सुधार तथा आगामी कार्यदिशाका विषयमा…
Read More
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

१४ असार , कावासोती नवलपुर ।नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाले शाखाको वार्षिक प्रगति,आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल गर्दै विभिन्न प्रतिवेदन पारित गरेको छ । महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभयो। वहाँले सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीतिहरू अन्ततः नागरिकको सूचना पाउने अधिकारमाथिको हस्तक्षेप हुने उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।…
Read More
कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

असार १३ , कावासोती नवलपुर ।नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको पछिल्लो अँकको विमोचन गरिएको छ । पत्रिकाको वर्ष २९ अँक १ को विमोचन, असार १३ गते शनिवारका दिन नवलपुरको कावासोती मगर वौद्ध गुम्वाको सभाहलमा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो । कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको अध्यक्षता रहेको थियो भने राजनीतिकर्मी टोप अस्लामी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारी , कुमारवर्ती वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषाल, नेपाल मगर लेखक सँघकी केन्द्रिय सदस्य लिला मास्की राना लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पछिल्लो समय नेपालीहरुमा…
Read More
मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

असार १० , नवलपुर ।नवलपुरको मध्यविन्दु नगरपालिले आगामी आर्थिक वर्षका लागि १ अर्व ३ करोड वरावरको वजेट सार्वजनिक गरेको छ । १९औँ नगर अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उक्त परिमाणको वजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी ले १४९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख पूर्णकला चौधरी ले बजेट पेश गर्नुभएको हो। प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ६५ करोड २० लाख १२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३७ करोड ९६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासका लागि ४४ करोड १२ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३५…
Read More
कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।

कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।

असार ९, कावासोती नवलपुर ।नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ९९ करोड १० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। असार ९ मँगलवारका दिन नगरपालिकाको सभाहलमा आयोजित नगरसभा तथा १९औँ अधिवेशनमा उपप्रमुख फुलकुमारी थनेतले बजेट प्रस्तुत गर्नुभएको हो। उपप्रमुख थनेतले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा ९९ करोड १० लाख रुपैयाँ आय प्राप्त हुने अनुमान गरिएको छ। अनुमानित आयमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट ७ करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ४० लाख, सशर्त अनुदानबाट ४२ करोड ३३ लाख, विशेष अनुदानबाट २ करोड ९० लाख, समपूरक…
Read More
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ ।

७ असार , कावासोती नवलपुर ।कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सँस्थाको दसौं अधिबेशन तथा नेतृत्व चयनमा मतदान प्रक्रियामार्फत श्रेष्ठको अध्यक्षतामा नेतृत्व चयन भएको हो । उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा रमाकान्त काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नं २ को वडाप्रतिनिधिमा गम्बिराम सारु, ३ बाट भरतराज सेढाई, ५ वाट बिर बहादुर थापा, ६ वाट इन्द्र प्रसाद काफ्ले, ८ वाट मन बहादुर गुरुङ्ग र ९ वाट सुर्य हमाल निर्वाचित हुनुभएको छ भने जनजाति महिला सदस्यतर्फ देवकी पुन , दलित महिला सदस्य तर्फ विर्सना सुनार विजयी हुनुभएको छ ।लेखा संयोजकमा भने दिपेन्द्र न्यौपाने,…
Read More
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले दियो मिडिया हाउसलाई तालिम , वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि हुने विश्वास ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले दियो मिडिया हाउसलाई तालिम , वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि हुने विश्वास ।

जेष्ठ २९ , कावासोती नवलपुर । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले प्रदेशभित्रका सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुलाई लक्ष्यित गरी वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । प्रदेशको स्वीकृत बार्षिक कार्यक्रम अनुसार जेष्ठ २८ र २९ का दिन उक्त तालिम दिइएको हो । कास्कीको पोखरा स्थित दिपसागर होटलमा आयोजित कार्यक्रममा बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्था प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार श्री बिमला भण्डारीको अध्यक्षतार रहेको थियो भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका मुख्य सचिव, ऋषिराज अर्याल प्रमुख अतिथि रहनुभएको थियो ।तालिममा गण्डकी प्रदेश अन्तरगतका सञ्चार…
Read More
डाँक बाहक हिरालाल महतो ‘उत्कृष्ट कर्मचारी’का रुपमा सम्मानित

डाँक बाहक हिरालाल महतो ‘उत्कृष्ट कर्मचारी’का रुपमा सम्मानित

जेष्ठ २९, कावासोती नवलपुर ।जिल्ला हुलाक कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत अतिरिक्त हुलाक कार्यालय देउराली हुप्सेकोटमा कार्यरत डाँक बाहक हिरालाल महतो वैशाख महिनाको ‘उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको छ। वहाँलाई जेष्ठ २८ गते बिहीबार एक कार्यक्रम आयोजना गरी प्रशंसापत्र सहित सम्मान गरिएको हो। कार्यालयका अनुसार फिल्डमा खटिएर हुलाक सेवा प्रवाहमा पुर्‍याउनुभएको योगदान, लगनशीलता तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा वहाँलाई उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरिएको हो। कार्यक्रममा बोल्नुहुँदै जिल्ला हुलाक कार्यालय नवलपुरका हुलाक अधिकृत ठानेश्वर सापकोटाले महतोलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। वहाँले उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमले हुलाक सेवाको मेरुदण्डका रूपमा फिल्डमा निरन्तर खटिरहनुभएका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र हौसला मिल्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.