समाचार

कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते

कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते

नवलपुरमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३७ बर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् । अधिकारी घरदेखि ३ किलोमिटर पूर्वमा रहेको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा आज दिउँसो बाघले आक्रमण गरेको हो । उनको हातको कुहिनामा चोट लागेको छ । घाइते अधिकारीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
Read More
नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । दलदलेबाट अपरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१४ अमरापुरीका ३२ वर्षीय जीवन क्षेत्रीको उपचारको क्रममा पुरानो मेडिक कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३७ वर्षीय शंकर क्षेत्री घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न ।

आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न ।

बुद्धदर्शन टेलिभिजनको प्रवर्द्धक संस्था आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न । अध्यक्षमा थाम बहादुर गाहा । नवलपुरको कावासोती स्थित बुद्धदर्शन टेलिभिजनको प्रवर्द्धक संस्था, आदिवासी जनजाति उत्थान सुचना तथा संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा थाम बहादुर गाहा निर्वाचित हुनुभएको छ। गत मंसिर २० गते शनिबार सम्पन्न संस्थाको १५ औं बार्षिक साधारण सभा तथा ५ औं नेतृत्व चयन कार्यक्रमबाट गाहा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा सुनितादेवी गुरुङ , सचिवमा वेल वहादुर वराल , कोषाध्यक्षमा विष्णु वहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै…
Read More
नवगठित नेकपाको शक्ति कति ?

नवगठित नेकपाको शक्ति कति ?

‘बाह्र वाम एक ठाम’ भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको चुनावी शक्ति कति हो ? २७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दश वटा वाम घटकहरूबीच गत १९ गते पार्टी एकता घोषणा सभामा संयोजक प्रचण्डले भनेका थिए– ‘एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । अब एक नम्बर भयो भयो ।’ दशवटा घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एमालेबाट कारबाहीमा गरेपछि मातृभूमि जागरण अभियान चलाएका नेता भीम रावल पनि मिसिए । नेताहरूका अनुसार रावलको समायोजनले त झन् शक्ति आर्जन गरेको छ ।
Read More
महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

१ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे ।
Read More
प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

डिम्ब कारोबारको प्रकरण कलिला किशोरीहरूको शरीरमाथि गरिएको गम्भीर खेलबाड हो । यो काममा महान्यायाधिवक्ता सविता भण्डारीको शेयर रहेको संस्था जोडिएको छ । उनले संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गराएकी छन् । यो सबै थाहा पाउँदा पनि प्रधानमन्त्री चुप बस्नुको सन्देश के हो ? ९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको जगमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले वर्षौंसम्म नातावाद/ कृपावादविरुद्ध आवाज उठाइन् । न्यायिक र लोकतान्त्रिक प्रणालीको शुद्धताको वकालत गरिन् । प्रधानन्यायाधीशबाट अवकास पाएपछि पनि सुशासनको पक्षमा खरो उत्रिइन् । यही छविका कारण जेनजी आन्दोलनपछि उनले मुलुकको प्रधानमन्त्री बनेर शासनको बागडोर सम्हाल्ने जिम्मेवारी पाइन् । जेनजी आन्दोलनकारी मात्र होइन, संकटमा परेको बेलामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.