कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ ।

७ असार , कावासोती नवलपुर ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सँस्थाको दसौं अधिबेशन तथा नेतृत्व चयनमा मतदान प्रक्रियामार्फत श्रेष्ठको अध्यक्षतामा नेतृत्व चयन भएको हो । उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा रमाकान्त काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नं २ को वडाप्रतिनिधिमा गम्बिराम सारु, ३ बाट भरतराज सेढाई, ५ वाट बिर बहादुर थापा, ६ वाट इन्द्र प्रसाद काफ्ले, ८ वाट मन बहादुर गुरुङ्ग र ९ वाट सुर्य हमाल निर्वाचित हुनुभएको छ भने जनजाति महिला सदस्यतर्फ देवकी पुन , दलित महिला सदस्य तर्फ विर्सना सुनार विजयी हुनुभएको छ ।
लेखा संयोजकमा भने दिपेन्द्र न्यौपाने, सदस्यमा ईश्वरी प्रसाद अधिकारी र हुमकला भुसाल पोख्रेल निर्वाचित हुनुभएको छ ।

मतदान मार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव र खानेपानी संस्थाको सेवाक्षेभित्र पर्ने ६ वटा वडाबाट वडा प्रतिनिधि ६ जना तथा दलित र जनजातिबाट १–१ जना सहित ११ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ । त्यसैगरी एक लेखा संयोजक, १ खुल्ला सदस्य र महिला सदस्य सहित ३ सदस्यीय लेखा समिति पनि निर्वाचित भएको छ । गत असार ६ गते शनिवार सम्पन्न निर्वाचन मार्फत अधिकांश नयाँ उम्मेदवार विजयी भएका छन् ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.