वडा कार्यालयद्वारा कालिका स्कूललाई वस हस्तान्तरण

कावासोती , कार्तिक ९

नवलपुरको कावासोती नगरपालिका ५ को वडा कार्यालयले वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँच पु¥याउने तथा विद्यालयसम्मको आवागमनलाई सहज बनाउने उद्देश्यले विद्यालयलाई बस प्रदान गरिएको हो।


सोमवार एक कार्यक्रमका वीच ४६ लाख रुपैयाँ लागतमा खरिद गरिएको बसको साँचो वडाध्यक्ष निरजकुमार पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाधर धिताललाई हस्तान्तरण गर्नुभएको हो।


बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पुनले ग्रामीण क्षेत्रका बालिकालाई विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको बताउनुभयो। बस सञ्चालनमा आएपछि विद्यालय पुग्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष पुनले बसको सही सदुपयोग गर्दै ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सञ्चालन गर्न विद्यालय परिवारलाई अनुरोध गर्नुभएको थियो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अर्जुन वहादुर भण्डारीले अन्य विभिन्न शीर्षकका वजेट कटौती गरेर भएपनि विद्यालयका लागि वस प्रदान गरेकोमा वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले स्कूल वस वर्तमानको आवश्यकता भएकोले वडा कार्यालय समक्ष गत आर्थिक वर्ष २०८२, ०८३ मा नै विद्यालय व्यवस्थापन समितिको वैठकवाट वडा कार्यालय समक्ष वसको माग गर्ने निर्णय गरेको स्मरण गर्नुभयो ।
वसको उपलव्धतासँगै विद्यालयको शैक्षिक गुणस्त वृद्धि हुने विश्वास गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिनबहादुर लामा, व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, वडा सदस्यहरू पार्वती भण्डारी, लालबहादुर पुलामी मगर र राजकुमार थापाको पनि उपस्थिति रहेको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.