मगर आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती सम्पन्न, वैरागी नाता र रुद्र सन्देश मगर पुरस्कृत ।
भदौ २९, पोखरा मगर भाषा साहित्यका आदिकवि सुबेदार रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती मनाइएको छ । नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा गत भाद्र २८ गते , कास्कीको पोखरा स्थित पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरी सारुको जन्मजयन्ती मनाइएको हो । नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क पामी आलेको अध्यक्षता एवम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगर भाषामा साहित्य सिर्जना गर्ने दुई श्रष्टाहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा आदिकवि रेख वहादुर सारु मगर साहित्य पुरस्कार २०८२ वाट सर्जकहरु वैरागी नाता मगर र…