जनजाति महासँघले आयोजना गरेको वुटिक तालिम सम्पन्न ।
जेष्ठ १६, कावासोती नवलपुर ।नेपाल आदिवासी जनजाति महासँघ वडा इकाई समन्वय परिषद कावासोती १ को आयोजनामा सञ्चालित वुटिक तालिमको समापन भएको छ । गत जेष्ठ १ देखि शुरु भएको तालिमको १५ गते शुक्रवारका दिन एक कार्यक्रम गरी समापन गरिएको हो । समापन कार्यक्रममा महासँघ वडा समन्वय समितिकी अध्यक्ष चलमती रानाको अध्यक्षता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासँघ जिल्ला समन्वय परिषद नवलपुरका सचिव मदन कुमाल प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा मगर विशिष्ट अतिथि रहनुभएको थियो भने , महासँघ नगर समन्वय परिषद कावासोतीका अध्यक्ष हिरालाल गुरौ , वडा नँ १ का…