वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारीको साधारण सभा सम्पन्न ।
असोज १८ ,कावासोती नवलपुर । वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी सँस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १७ गते शनिवारका दिन कावासोती २ स्थित पुन समाजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सँस्थाका अध्यक्ष थाम वहादुर गाहाको अध्यक्षता रहेको थियो भने निवर्तमान अध्यक्ष एवम सल्लाहकार समितिका सँयोजक जगतकाजी गुरुङ् प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि जगतकाजी गुरुङ्ले सँस्था स्थापनाकालमा भोग्नुपरेका समस्याहरुको स्मरण गर्नुभयो । वहाँले पूर्व गोर्खा सैनिकहरुको चिया छलफलका क्रममा सँस्था स्थापना गर्ने सोँच वीजारोपण भएको त्यसै अनुरुप सँस्थाको जन्म भएको वताउनुभयो । फरक उद्देश्यका साथ स्थापना…