बुद्धदर्शन टेलिभिजन

55 Posts
प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

साउन ९, कावासोती नवलपुर ।लमजुङ् को मध्यनेपाल ४ दुईपिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेको सालिक तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ्ले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी पार्क भित्र आदिकवि भानुभक्त आचार्यको सालिकसँगै रहेको प्रेरणादायी घाँसी खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडमा सँलग्न व्यास नगरपालिका ७ , तनहुँका रोशन कुँवर शुक्रवारका दिन पक्राउ परेको जानकारी दिएको हो । निज कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ् ल्याइ पु¥याइएको विज्ञप्तिमा जनाइएको छ । उनलाई जिल्ला अदालत लमजुङवाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको…
Read More
सोनाम वाङ्चुकले तोडे २६ दिनपछि अनशन, ककरोच जनता पार्टी(सीजेपी) को शान्तिपूर्ण आन्दोलनको आह्वान ।

सोनाम वाङ्चुकले तोडे २६ दिनपछि अनशन, ककरोच जनता पार्टी(सीजेपी) को शान्तिपूर्ण आन्दोलनको आह्वान ।

भारतमा मेडिकल प्रवेश परीक्षा निटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरु भएको विद्यार्थी आन्दोलनको समर्थनमा केन्द्रीय राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा २६ दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्ततः विहीवार अनशन तोडेका छन् । भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह, साथै लद्दाख एपेक्स बडीका प्रतिनिधिहरूको उपस्थितिमा उनले अनशन अन्त्य गरेको बीबीसी हिन्दीले जनाएको छ । देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उनको भनाइ छ । अनशन तोड्दै उनले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गरेका छन् । भारत सरकारसँग भएका सहमति र सर्तबारे भने उनले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने…
Read More
मोदीले मध्यरातमा गरे पेपर लिक विरुद्ध कठोर निर्णय लिने घोषणा ।

मोदीले मध्यरातमा गरे पेपर लिक विरुद्ध कठोर निर्णय लिने घोषणा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै पेपर लीक गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्।प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्। बिहीबार राति ११ ः ५२ बजे सामाजिक सञ्जाल एक्स मार्फत २ मिनेट ५६ सेकेन्डको भिडियो सार्वजनिक गर्दै मोदीले भने, पेपर लीक कुनै सामान्य विषय होइन। यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि निकै पीडादायी छ। त्यसैले हामीले दोषीहरूलाई कडा सजाय दिन फास्ट ट्रयाक कोर्ट बनाउने निर्णय गरेका छौं।प्रधानमन्त्री मोदीका अनुसार सम्बन्धित विभागहरूले तयार पारेको मस्यौदामा फास्ट…
Read More
बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

साउन ८, कावसोती नवलपुर । नवलपुरका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरका अध्यक्ष बुद्धिसागर पोख्रेल, देवचुली उद्योग वाणिज्य संघ, देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल तथा मध्यविन्दु उद्योग वाणिज्य संघ, मध्यविन्दुका अध्यक्ष किरणकुमार श्रेष्ठद्वारा जारी सँयुक्त हस्ताक्षरीत ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई पठाइको हो । ज्ञापनपत्रमा विद्युत् आजको समयमा आधारभूत आवश्यकता तथा औद्योगिक उत्पादन, व्यापार, कृषि, पर्यटन र सेवा क्षेत्रको प्रमुख ऊर्जा स्रोत भएकाले विद्युत् महसुलमा थप भ्याट लगाउने निर्णयले उद्योग–व्यवसाय तथा आम उपभोक्तामाथि…
Read More
शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताउनुभएको हो । ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो, यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ , ‘यो सरकार जनताको विश्वास…
Read More
विवाद उत्पन्न भएपछि हटाईयो मास्टर्नी गीत ।

विवाद उत्पन्न भएपछि हटाईयो मास्टर्नी गीत ।

निर्माणाधीन चलचित्र मास्टर्नी’ को प्रमोशनल गीतका कारण विवाद उत्पन्न भएपछि अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत सबै प्लेटफर्मबाट हटाएका छन् । शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द र दृश्यहरू समावेश गरिएको भन्दै चौतर्फी आलोचना र शिक्षक महासंघको विरोधपछि दुवै कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । अभिनेत्री तथा चलचित्रकी निर्मात्री प्रियङ्का कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारप्रसारका लागि मात्र बनाइएको स्पष्ट पारेकी छिन् । उनी भन्छिन्, उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षण पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको…
Read More
मध्यविन्दु प्रादेशिक अष्पतालमा आधुनिक उपकरण सहितको सेवा थप ।

मध्यविन्दु प्रादेशिक अष्पतालमा आधुनिक उपकरण सहितको सेवा थप ।

साउन १ , कावासोती ।नवलपुरको डण्डा स्थित मध्यविन्दु प्रादेशिक अस्पतालले आफ्नो सेवा थप गरेको छ । अस्पतालले शुक्रबारदेखि आधुनिक उपकरणसहितको उपचार सेवाको सुभारम्भ गरी सेवा थप गरेको हो । जस अनुसार अष्पतालमा १० बेडको तीन वटा शल्यक्रिया कक्ष, शल्यक्रिया गरेका बिरामीलाई राख्ने ‘पोष्ट अप केयर युनिट’, विशेष नवजात शिशु स्याहार इकाई र नवजात शिशु सघन उपचार कक्षको शुभारम्भ गरिएको छ । अस्पतालले यी सवै सेवा नयाँ भवनबाट प्रवाह गर्ने जनाएको छ । अथक मेहनत र सबैको प्रयासले यो कार्य सफल भएको अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो । यस्तै सुधार तथा अस्पताललाई थप सुविधासम्पन्न बनाउने उद्देश्यसहित आगामी आर्थिक…
Read More
कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

२९ असार , कावासोती । यातायात व्यवस्था कार्यालय कावासोती, नवलपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । गत असार २६ का दिन एक कार्यक्रम गरी कार्यालयले अनलाईन परीक्षाको उद्घाटन गरेको हो । कार्यालयले अनलाइनबाट लाइसेन्सको परीक्षा लिन सुरु गरेको देशभरमा यो नै पहिलो पटक भएको बताएको छ । नयाँ सफ्टवेर प्रणालीको विकास कार्यालयका कम्प्युटर अपरेटर प्रदिप सापकोटाको एकल प्रयासमा भएको र अन्य आर्थिक तथा भौतिक सहयोग कार्यालयले गरेको कार्यालयका निमित्त प्रमुख टेक बहादुर नेपालीले जानकारी दिनुभयो । नयाँ प्रणालीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द…
Read More
भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

कावासोती, असार २७। नवलपुरको कावासोतीमा वसोवास गर्ने पूर्व भारतीय गोर्खा सैनिक तथा परिवारको कल्याणकारी सँस्था भु.पू. सैनिक तथा परिवार कल्याणकारी सँस्थाको अध्यक्षमा सुवेदार प्रेम वहादुर राना चयन हुनुभएको छ । शनिवार , कावासोती १ स्थित पोखरीताल पर्यटकीय स्थलमा सम्पन्न सँस्थाको १२ औँ साधारण सभा तथा चौथो अधिवेशनवाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा योगप्रसाद रिजाल, सचिवमा सुवेदार हिरा वहादुर मिधुन , सहसचिवमा हिमाल गुरुङ्, कोषाध्यक्षमा टेक वहादुर थापा र सहकोषाध्यक्षमा क्याप्टेन हेमवहादुर राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्याप्टेन नल वहादुर कुँवर, हवल्दार दुर्गा वहादुर राना, सुवेदार वीर वहादुर राना , सुवेदार भिम वहादुर सलामी…
Read More
राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

पोखरा, असार २५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा सहकारी पुनर्जागरण चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखरास्थित दिपसागर होटलमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सहकारी संघका अध्यक्षहरु सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवाला गरी करिब ९० जनाको सहभागिता रहेको थियो। राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सदस्य श्रीमती कमला देवी गिरिको सभाध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सहकारी क्षेत्रको वर्तमान अवस्था, कानुनी सुधार तथा आगामी कार्यदिशाका विषयमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.