समाज

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

भाद्र २४, कावासोती । नवलपुरको कावासोती १ स्थित वुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको कार्यालय प्राँगणमा सम्पन्न कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीको अध्यक्षता रहेको थियो भने , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा , सामुदायिक वन उपभोक्ता महासँघ नवलपुरका कमल वाचे मगर , सव डिभिजन वन कार्यालय कावासोतीका वसन्त दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिप वहादुर मोक्तानले गत आर्थिक…
Read More
बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

नवलपुर,भाद्र १९ । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा दुःख भोगिरहेका सम्पूर्ण नागरिकहरूको सम्झनामा श्रीकृष्ण जन्माष्टमीको दिन कावासोती नगरपालिका–५ मा दीप प्रज्वलन गरिएको छ। पुष्पाञ्जली टोल विकास संस्था तथा वडा नं। ५ भित्रका विभिन्न आमासमूहको आयोजनामा भएको कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष निरजकुमार पुन तथा सामुदायिक विकास केन्द्रका इन्चार्ज विक्रम गैरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष निरजकुमार पुनले विपत्तिमा परेका नागरिकलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै मृतकहरूको सम्झनामा गरिएको दीप प्रज्वलनले पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको बताउनुभयो। त्यस्तै, पुष्पाञ्जली…
Read More
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइ छ । यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार…
Read More
राहत र उद्धारका लागि मध्यविन्दु नगरपालिकाले घोषणा ग¥यो आर्थिक सहयोग

राहत र उद्धारका लागि मध्यविन्दु नगरपालिकाले घोषणा ग¥यो आर्थिक सहयोग

कावासोती, भाद्र १२रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नवलपुरको मध्यविन्दु नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोगको घोषणा गरेको छ।मध्यविन्दु नगरपालिकाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।साथै, बाढीबाट घाइते तथा प्रभावित भएका नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गर्दै घर, सम्पत्ति तथा आयआर्जनको आधार गुमाएका परिवारप्रति नगरपालिकाले सहानुभूति प्रकट गरेको छ।यस दुःखद् घडीमा नेपाल सरकारद्वारा सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनाको अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिने प्रतिबद्धता मध्यविन्दु नगरपालिकाले जनाएको…
Read More
स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

काठमाण्डौँ ।नेपाली पहिचानवादी आन्दोलनका शिखर पुरुष स्वर्गीय गोरेवहादुर खपाँगी मगरको १० आँै वार्षिक स्मृति सभा सम्पन्न भएको छ । भाद्र ११ गते विहीवारका दिन काठमाण्डौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा , गोरे वहादुर खपाँगी फाउण्डेशनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानवशास्त्री प्रा.डा. डम्वर चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले स्वर्गीय खपाँगीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि चेम्जोङ्ले स्वर्गीय खपाँगी नेपाली पहिचानवादी आन्दोलनका अग्रणी नेता भएको वताउनुभयो । वहाँले नेपाली समाज , राजनीति र सत्तामा रहेको एकल जातीय वर्चश्वका विरुद्धमा भएका सँघर्षमा खपाँगीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।…
Read More
जनकल्याणका २४ विद्यार्थीले पाए पोशाक तथा शैक्षिक सामग्री ।

जनकल्याणका २४ विद्यार्थीले पाए पोशाक तथा शैक्षिक सामग्री ।

भाद्र ९ , कावासोती ।नवलपुरको कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय पोशाक र शैक्षिक सामग्री प्राप्त गरेका छन । विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई , जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले मंगलबार विद्यालयमा एक कार्यक्रम गरी पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिर्जना वि.क. को अध्यक्षता रहेको थियो भने जनकल्याण सामुदायिक वनका अध्यक्ष दल वहादुर वि।क। प्रमुख अतिथी रहनुभएको थियो ।त्यसैगरी कार्यक्रममा वन उपभोक्ता समुहका लेखा संयोजक तिलाराम भुसाल , कार्यसमिति सदस्य बिमला कुमाल, लक्ष्मी बुढाथोकी , गोरे वहादुर वि.क. लगायतको आतिथ्यता रहेको थियो ।विद्यालयका अतिरिक्त विभाग प्रमुख सीतादेवी डुम्रेले संचालन गर्नुभएको कार्यक्रममा…
Read More
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा विहीवार जिल्ला प्रहरी परिसर काठमाण्डाै अगाडि धर्ना दिएको छ । श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारले काठमाण्डाै प्रहरी परिसर अगाडि धर्ना दिएका हुन् । प्रहरीले पत्रकार श्रेष्ठलाई गएराति ललितपुरको नख्खुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाण्डाै प्रहरी परिसरको हिरासतमा राखेको छ । महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासङ्घको भनाइ छ ।
Read More
प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

साउन ९, कावासोती नवलपुर ।लमजुङ् को मध्यनेपाल ४ दुईपिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेको सालिक तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ्ले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी पार्क भित्र आदिकवि भानुभक्त आचार्यको सालिकसँगै रहेको प्रेरणादायी घाँसी खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडमा सँलग्न व्यास नगरपालिका ७ , तनहुँका रोशन कुँवर शुक्रवारका दिन पक्राउ परेको जानकारी दिएको हो । निज कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ् ल्याइ पु¥याइएको विज्ञप्तिमा जनाइएको छ । उनलाई जिल्ला अदालत लमजुङवाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको…
Read More
मौलाकालिका अपाँग सेवा सँस्थाको साधारण सभा सम्पन्न ।

मौलाकालिका अपाँग सेवा सँस्थाको साधारण सभा सम्पन्न ।

कावासोती नवलपुर ,चैत्र २२ ।नवलपुरको कावासोती–८ स्थित मौलाकालिका अपाँग सेवा सँस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । चैत्र २२ गते आईतवार सम्पन्न कार्यक्रममा सँस्थाकी अध्यक्ष सविना गिरीको अध्यक्षता एवम कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुषालको प्रमुुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा सहयोगदाता तम्सरीया फाउण्डेशनकी अध्यक्ष टेरेसा भान रेज्वाइक, पूर्व न्यायाधीष ऋषि अधिकारी, कावासोती १२ का अध्यक्ष ध्रुव खनाल, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी लगायतको विशेष आतिथ्यता रहेको थियो ।शारिरीक रुपमा असक्त वालवालिकाहरुको भरणपोषण र पठनपाठनका लागि सँस्थाले कार्य गर्दै आएको छ । शुरुवातको समयमा घरभाडामा सञ्चालन हुँदै आएको सँस्थाको हाल आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण गर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.