समाज

वडा कार्यालयद्वारा कालिका स्कूललाई वस हस्तान्तरण

वडा कार्यालयद्वारा कालिका स्कूललाई वस हस्तान्तरण

कावासोती , कार्तिक ९ नवलपुरको कावासोती नगरपालिका ५ को वडा कार्यालयले वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँच पु¥याउने तथा विद्यालयसम्मको आवागमनलाई सहज बनाउने उद्देश्यले विद्यालयलाई बस प्रदान गरिएको हो। सोमवार एक कार्यक्रमका वीच ४६ लाख रुपैयाँ लागतमा खरिद गरिएको बसको साँचो वडाध्यक्ष निरजकुमार पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाधर धिताललाई हस्तान्तरण गर्नुभएको हो। बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पुनले ग्रामीण क्षेत्रका बालिकालाई विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको बताउनुभयो। बस सञ्चालनमा आएपछि विद्यालय पुग्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहज हुने…
Read More
साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै नेपाली नागरिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसका भग्नावशेष खसेर ती नेपाली कामदारको दुःखद निधन भएको हो । परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका…
Read More
नवलपुरको कावासोतीमा अटो पल्टँदा , १ को मृत्यु ७ घाइते

नवलपुरको कावासोतीमा अटो पल्टँदा , १ को मृत्यु ७ घाइते

कावासोती नवलपुर , कार्तिक १ । नवलपुरको कावासोती – ६ माझटोलको भित्री सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु ७ जना घाइते भएका छन् । कावासोती बिष्नुनगरबाट कावासोतीतर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई नहरमा पल्टिदा आठ जना घाईते भएका प्रहरीले जनाएको छ ।जसमध्ये दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी कावासोती–१ हात्तीखोर निवासी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कावासोती–१ हात्तीखोरका अटो चालक ४४ वर्षीय मान सिंह थापा, २३ वर्षीया निशा सुनार, ५० वर्षीया फुलमाया सुनार, १७ वर्षीया जमुना गाहा मगर, २२ वर्षीय निर्मल गाहा,…
Read More
कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,

कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,

कावासोती नवलपुर ,असोज ३१ कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाको सभाहलमा असोज ३० गते शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, विन्दु पौडेल, पूर्व सांसदहरू ओमकला गौतम र विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललगायत जनप्रतिनिधि, पूर्व अध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित, पर्याप्त र सुलभ खानेपानी उपलब्ध गराउन संस्थाले निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए। साधारणसभामा संस्थाका अध्यक्ष अमृतकुमार…
Read More
खानेपानी अभियानका अग्रणीको सालिक अनावरण ।

खानेपानी अभियानका अग्रणीको सालिक अनावरण ।

भाद्र २८ ,नवलपुर ।मध्यविन्दु नगरपालिकाको आरुङ्खोला क्षेत्रमा खानेपानी अभियान थाल्नुभएका अग्रणी व्यक्तित्व स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरको सालिक अनावरण गरिएको छ । मध्यविन्दु १० स्थित आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फिल्टर प्लान्टको परीसरमा स्थापित थापाको अर्धकदको सालिकको शनिवार एक कार्यक्रमका वीच मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले अनावरण गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर भिमलाल अधिकारीले तत्कालीन कठिन परिस्थितिमा पनि आरुङ्खोलाका जनतालाई खानेपानी व्यवस्थापनका लागि स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रसँशा गर्नुभयो । मानिसको जीवनमा नभई नहुने खानेपानी जस्तो अति आवश्यक कुराको व्यवस्थापन गर्नु महान कार्य भएको मेयर अधिकारीले वताउनुभयो । “यो महान…
Read More
हुप्सेकोटको पेलेगामा जमिनवाट निस्किएको धुँवा प्रति सरकारको ध्यानाकर्षण, अध्ययन टोली पठाइने ।

हुप्सेकोटको पेलेगामा जमिनवाट निस्किएको धुँवा प्रति सरकारको ध्यानाकर्षण, अध्ययन टोली पठाइने ।

नवलपुर, भदौ २७ पूर्वी नवलपरासीको हुप्सेकोट ६ पेलेगास्थित घाँगी भिरबाट बारुदको जस्तो गन्ध आउने धुँवाको मुस्लो निस्किरहेको विषय सँसददेखि सरकारसम्म पुगेको छ । गत भाद्र २६ गतेको प्रतिनिधि सभा सँसद वैठकमा नवलपुर क्षेत्र नँ १ का साँसद राजन गौतमले सुन्य समयमा वोल्नुहुँदै विषय उठान गरेपछि सो विषय सरकारसम्म पुगेको हो । पेलेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ । लामो समयदेखि यसरी धुँवा निस्कन थालेपछि स्थानीयहरु त्रसित भएका छन् । जिल्ला प्रहरी नवलपुरले पनि त्यसको अनुगमन गरिसकेको छ । प्रहरी टोलीले लामो समयदेखि धुँवा निस्किरहेको र त्यसको गन्ध बारुदको जस्तो भएको…
Read More
वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

भाद्र २४, कावासोती । नवलपुरको कावासोती १ स्थित वुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको कार्यालय प्राँगणमा सम्पन्न कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीको अध्यक्षता रहेको थियो भने , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा , सामुदायिक वन उपभोक्ता महासँघ नवलपुरका कमल वाचे मगर , सव डिभिजन वन कार्यालय कावासोतीका वसन्त दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिप वहादुर मोक्तानले गत आर्थिक…
Read More
बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

नवलपुर,भाद्र १९ । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा दुःख भोगिरहेका सम्पूर्ण नागरिकहरूको सम्झनामा श्रीकृष्ण जन्माष्टमीको दिन कावासोती नगरपालिका–५ मा दीप प्रज्वलन गरिएको छ। पुष्पाञ्जली टोल विकास संस्था तथा वडा नं। ५ भित्रका विभिन्न आमासमूहको आयोजनामा भएको कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष निरजकुमार पुन तथा सामुदायिक विकास केन्द्रका इन्चार्ज विक्रम गैरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष निरजकुमार पुनले विपत्तिमा परेका नागरिकलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै मृतकहरूको सम्झनामा गरिएको दीप प्रज्वलनले पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको बताउनुभयो। त्यस्तै, पुष्पाञ्जली…
Read More
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइ छ । यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार…
Read More
राहत र उद्धारका लागि मध्यविन्दु नगरपालिकाले घोषणा ग¥यो आर्थिक सहयोग

राहत र उद्धारका लागि मध्यविन्दु नगरपालिकाले घोषणा ग¥यो आर्थिक सहयोग

कावासोती, भाद्र १२रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नवलपुरको मध्यविन्दु नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोगको घोषणा गरेको छ।मध्यविन्दु नगरपालिकाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।साथै, बाढीबाट घाइते तथा प्रभावित भएका नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गर्दै घर, सम्पत्ति तथा आयआर्जनको आधार गुमाएका परिवारप्रति नगरपालिकाले सहानुभूति प्रकट गरेको छ।यस दुःखद् घडीमा नेपाल सरकारद्वारा सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनाको अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिने प्रतिबद्धता मध्यविन्दु नगरपालिकाले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.