समाचार

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

भाद्र २४, कावासोती । नवलपुरको कावासोती १ स्थित वुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको कार्यालय प्राँगणमा सम्पन्न कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीको अध्यक्षता रहेको थियो भने , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा , सामुदायिक वन उपभोक्ता महासँघ नवलपुरका कमल वाचे मगर , सव डिभिजन वन कार्यालय कावासोतीका वसन्त दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिप वहादुर मोक्तानले गत आर्थिक…
Read More
बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

नवलपुर,भाद्र १९ । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा दुःख भोगिरहेका सम्पूर्ण नागरिकहरूको सम्झनामा श्रीकृष्ण जन्माष्टमीको दिन कावासोती नगरपालिका–५ मा दीप प्रज्वलन गरिएको छ। पुष्पाञ्जली टोल विकास संस्था तथा वडा नं। ५ भित्रका विभिन्न आमासमूहको आयोजनामा भएको कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष निरजकुमार पुन तथा सामुदायिक विकास केन्द्रका इन्चार्ज विक्रम गैरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष निरजकुमार पुनले विपत्तिमा परेका नागरिकलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै मृतकहरूको सम्झनामा गरिएको दीप प्रज्वलनले पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको बताउनुभयो। त्यस्तै, पुष्पाञ्जली…
Read More
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ , भाद्र १३ भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो । अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन…
Read More
स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

काठमाण्डौँ ।नेपाली पहिचानवादी आन्दोलनका शिखर पुरुष स्वर्गीय गोरेवहादुर खपाँगी मगरको १० आँै वार्षिक स्मृति सभा सम्पन्न भएको छ । भाद्र ११ गते विहीवारका दिन काठमाण्डौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा , गोरे वहादुर खपाँगी फाउण्डेशनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानवशास्त्री प्रा.डा. डम्वर चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले स्वर्गीय खपाँगीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि चेम्जोङ्ले स्वर्गीय खपाँगी नेपाली पहिचानवादी आन्दोलनका अग्रणी नेता भएको वताउनुभयो । वहाँले नेपाली समाज , राजनीति र सत्तामा रहेको एकल जातीय वर्चश्वका विरुद्धमा भएका सँघर्षमा खपाँगीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।…
Read More
भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौ – भाद्र १० गते बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो । चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।
Read More
सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ । बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटनासमेत स्मरण गर्दै सांसदहरूले समयानुकूल ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।वालिकाका वावुआमा र गृहमन्त्री सुदन गुरुङ् वीच भएको सहमति अनुसार विद्यमान कानुनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय सङ्कल्प समिति गठनको प्रक्रिया अघि बढाएको कानुन मन्त्रालयले जनाएको छ । सडक, सामाजिक सञ्जाल र संसद्मा उठेको मृत्युदण्डको मागबारे कानुनमन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको…
Read More
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा विहीवार जिल्ला प्रहरी परिसर काठमाण्डाै अगाडि धर्ना दिएको छ । श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारले काठमाण्डाै प्रहरी परिसर अगाडि धर्ना दिएका हुन् । प्रहरीले पत्रकार श्रेष्ठलाई गएराति ललितपुरको नख्खुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाण्डाै प्रहरी परिसरको हिरासतमा राखेको छ । महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासङ्घको भनाइ छ ।
Read More
३२ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो , नवलपुरको कावासोतीमा आदिवासी चिकित्साशास्त्र र परम्परागत उपचार पद्धतिवारे विमर्श ।

३२ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो , नवलपुरको कावासोतीमा आदिवासी चिकित्साशास्त्र र परम्परागत उपचार पद्धतिवारे विमर्श ।

श्रावण २४, कावासोती नवलपुर ।आइतवार विश्वभर ३२ औँ विश्व आदिवासी दिवस मनाइएको छ । यस अवसरमा नेपालमा पनि सँघीय राजधानी काठमाण्डौँ र विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले राजधानीको खुलामञ्चमा एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्ने विभिन्न राजनीतिक दलका नेताहरुले संविधान तथा कानुनमा आदिवासीले प्राप्त गरेको अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनको बहानामा प्राप्त अधिकार पनि खोसिने खतरा रहेको बताउनु भयो । वहाँले धर्मनिरपेक्षता, प्रादेशिक संरचना, समानुपातिक तथा समावेशी व्यबस्था आदिवासीले पाएको उपलव्धीका रुपमा…
Read More
नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

कावासोती , नवलपुर । नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन हुने भएको छ। नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रवार सम्पन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले ‘प्रथम नवलपुर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको वताउनुभयो । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा,…
Read More
प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

साउन ९, कावासोती नवलपुर ।लमजुङ् को मध्यनेपाल ४ दुईपिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेको सालिक तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ्ले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी पार्क भित्र आदिकवि भानुभक्त आचार्यको सालिकसँगै रहेको प्रेरणादायी घाँसी खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडमा सँलग्न व्यास नगरपालिका ७ , तनहुँका रोशन कुँवर शुक्रवारका दिन पक्राउ परेको जानकारी दिएको हो । निज कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ् ल्याइ पु¥याइएको विज्ञप्तिमा जनाइएको छ । उनलाई जिल्ला अदालत लमजुङवाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.