समाचार

वडा कार्यालयद्वारा कालिका स्कूललाई वस हस्तान्तरण

वडा कार्यालयद्वारा कालिका स्कूललाई वस हस्तान्तरण

कावासोती , कार्तिक ९ नवलपुरको कावासोती नगरपालिका ५ को वडा कार्यालयले वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरेको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँच पु¥याउने तथा विद्यालयसम्मको आवागमनलाई सहज बनाउने उद्देश्यले विद्यालयलाई बस प्रदान गरिएको हो। सोमवार एक कार्यक्रमका वीच ४६ लाख रुपैयाँ लागतमा खरिद गरिएको बसको साँचो वडाध्यक्ष निरजकुमार पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाधर धिताललाई हस्तान्तरण गर्नुभएको हो। बस हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पुनले ग्रामीण क्षेत्रका बालिकालाई विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको बताउनुभयो। बस सञ्चालनमा आएपछि विद्यालय पुग्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहज हुने…
Read More
साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै नेपाली नागरिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसका भग्नावशेष खसेर ती नेपाली कामदारको दुःखद निधन भएको हो । परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका…
Read More
नवलपुरको कावासोतीमा अटो पल्टँदा , १ को मृत्यु ७ घाइते

नवलपुरको कावासोतीमा अटो पल्टँदा , १ को मृत्यु ७ घाइते

कावासोती नवलपुर , कार्तिक १ । नवलपुरको कावासोती – ६ माझटोलको भित्री सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु ७ जना घाइते भएका छन् । कावासोती बिष्नुनगरबाट कावासोतीतर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई नहरमा पल्टिदा आठ जना घाईते भएका प्रहरीले जनाएको छ ।जसमध्ये दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी कावासोती–१ हात्तीखोर निवासी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कावासोती–१ हात्तीखोरका अटो चालक ४४ वर्षीय मान सिंह थापा, २३ वर्षीया निशा सुनार, ५० वर्षीया फुलमाया सुनार, १७ वर्षीया जमुना गाहा मगर, २२ वर्षीय निर्मल गाहा,…
Read More
कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,

कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,

कावासोती नवलपुर ,असोज ३१ कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाको सभाहलमा असोज ३० गते शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, विन्दु पौडेल, पूर्व सांसदहरू ओमकला गौतम र विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललगायत जनप्रतिनिधि, पूर्व अध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित, पर्याप्त र सुलभ खानेपानी उपलब्ध गराउन संस्थाले निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए। साधारणसभामा संस्थाका अध्यक्ष अमृतकुमार…
Read More
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ –नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट वहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । शनिवार बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले भने ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो शुक्रवार भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको थियो । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा…
Read More
कांग्रेस महाधिवेशनमा बन्दसत्र शुरु , चुनावी कार्यतालिका सार्वजनिक

कांग्रेस महाधिवेशनमा बन्दसत्र शुरु , चुनावी कार्यतालिका सार्वजनिक

१९ असोज , काठमाण्डौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज सोमवार बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ । काठमाण्डौको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएपछि सोमवार ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम छ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । यसैबीच कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । यसअनुसार आज बेलुकी ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ…
Read More
वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारीको साधारण सभा सम्पन्न ।

वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारीको साधारण सभा सम्पन्न ।

असोज १८ ,कावासोती नवलपुर । वुद्धदर्शन टेलिभिजनको मातृसँस्था , आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी सँस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १७ गते शनिवारका दिन कावासोती २ स्थित पुन समाजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सँस्थाका अध्यक्ष थाम वहादुर गाहाको अध्यक्षता रहेको थियो भने निवर्तमान अध्यक्ष एवम सल्लाहकार समितिका सँयोजक जगतकाजी गुरुङ् प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि जगतकाजी गुरुङ्ले सँस्था स्थापनाकालमा भोग्नुपरेका समस्याहरुको स्मरण गर्नुभयो । वहाँले पूर्व गोर्खा सैनिकहरुको चिया छलफलका क्रममा सँस्था स्थापना गर्ने सोँच वीजारोपण भएको त्यसै अनुरुप सँस्थाको जन्म भएको वताउनुभयो । फरक उद्देश्यका साथ स्थापना…
Read More
जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो ः आङ्देम्बे

जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो ः आङ्देम्बे

काठमाण्डौनेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनुभएको छ । विहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि बाढी पहिरो पीडितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको वहाँको भनाइ छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नेता आङ्देम्बेले संसद् र प्रतिपक्षको बेवास्ता गरेर हुकुमी दम्भ र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो । संसदमा संख्या र शक्ति भए पनि त्यसलाई…
Read More
भोटेकोशी वाढी विश्वकै लागि चेतावनी हो ः प्रधानमन्त्री वालेन्द्र शाह ।

भोटेकोशी वाढी विश्वकै लागि चेतावनी हो ः प्रधानमन्त्री वालेन्द्र शाह ।

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । वहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत् तथा जनजीवनमा क्षति पुऱ्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम अझ बढिरहेको बताउनुभयो । प्रधानमन्त्री शाहले भोटेकोशी विपद् नेपालले निम्त्याएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नुपरिरहेको धारणा राख्नुभयो । वहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय…
Read More
सँविधान जारी भएको ११ वर्ष पुरा ।

सँविधान जारी भएको ११ वर्ष पुरा ।

आज देशभर सँविधान दिवस मनाइँदै छ । २०७० मँसिर ४ मा सम्पन्न दोस्रो सँविधान सभाको निर्वाचन पश्चात वनेको संविधानसभाबाट नेपालको वर्तमान संविधान, नेपालको सँविधान २०७२ , असोज ३ गते आजकै दिन जारी भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा‍।रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । २००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२, ६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.