समाचार

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

१४ असार , कावासोती नवलपुर ।नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाले शाखाको वार्षिक प्रगति,आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल गर्दै विभिन्न प्रतिवेदन पारित गरेको छ । महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभयो। वहाँले सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीतिहरू अन्ततः नागरिकको सूचना पाउने अधिकारमाथिको हस्तक्षेप हुने उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।…
Read More
कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

असार १३ , कावासोती नवलपुर ।नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको पछिल्लो अँकको विमोचन गरिएको छ । पत्रिकाको वर्ष २९ अँक १ को विमोचन, असार १३ गते शनिवारका दिन नवलपुरको कावासोती मगर वौद्ध गुम्वाको सभाहलमा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो । कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको अध्यक्षता रहेको थियो भने राजनीतिकर्मी टोप अस्लामी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारी , कुमारवर्ती वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषाल, नेपाल मगर लेखक सँघकी केन्द्रिय सदस्य लिला मास्की राना लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पछिल्लो समय नेपालीहरुमा…
Read More
मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

असार १० , नवलपुर ।नवलपुरको मध्यविन्दु नगरपालिले आगामी आर्थिक वर्षका लागि १ अर्व ३ करोड वरावरको वजेट सार्वजनिक गरेको छ । १९औँ नगर अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उक्त परिमाणको वजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी ले १४९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख पूर्णकला चौधरी ले बजेट पेश गर्नुभएको हो। प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ६५ करोड २० लाख १२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३७ करोड ९६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासका लागि ४४ करोड १२ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३५…
Read More
कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।

कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।

असार ९, कावासोती नवलपुर ।नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ९९ करोड १० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। असार ९ मँगलवारका दिन नगरपालिकाको सभाहलमा आयोजित नगरसभा तथा १९औँ अधिवेशनमा उपप्रमुख फुलकुमारी थनेतले बजेट प्रस्तुत गर्नुभएको हो। उपप्रमुख थनेतले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा ९९ करोड १० लाख रुपैयाँ आय प्राप्त हुने अनुमान गरिएको छ। अनुमानित आयमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट ७ करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ४० लाख, सशर्त अनुदानबाट ४२ करोड ३३ लाख, विशेष अनुदानबाट २ करोड ९० लाख, समपूरक…
Read More
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ ।

७ असार , कावासोती नवलपुर ।कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सँस्थाको दसौं अधिबेशन तथा नेतृत्व चयनमा मतदान प्रक्रियामार्फत श्रेष्ठको अध्यक्षतामा नेतृत्व चयन भएको हो । उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा रमाकान्त काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नं २ को वडाप्रतिनिधिमा गम्बिराम सारु, ३ बाट भरतराज सेढाई, ५ वाट बिर बहादुर थापा, ६ वाट इन्द्र प्रसाद काफ्ले, ८ वाट मन बहादुर गुरुङ्ग र ९ वाट सुर्य हमाल निर्वाचित हुनुभएको छ भने जनजाति महिला सदस्यतर्फ देवकी पुन , दलित महिला सदस्य तर्फ विर्सना सुनार विजयी हुनुभएको छ ।लेखा संयोजकमा भने दिपेन्द्र न्यौपाने,…
Read More
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले दियो मिडिया हाउसलाई तालिम , वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि हुने विश्वास ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले दियो मिडिया हाउसलाई तालिम , वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि हुने विश्वास ।

जेष्ठ २९ , कावासोती नवलपुर । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले प्रदेशभित्रका सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुलाई लक्ष्यित गरी वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । प्रदेशको स्वीकृत बार्षिक कार्यक्रम अनुसार जेष्ठ २८ र २९ का दिन उक्त तालिम दिइएको हो । कास्कीको पोखरा स्थित दिपसागर होटलमा आयोजित कार्यक्रममा बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्था प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार श्री बिमला भण्डारीको अध्यक्षतार रहेको थियो भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका मुख्य सचिव, ऋषिराज अर्याल प्रमुख अतिथि रहनुभएको थियो ।तालिममा गण्डकी प्रदेश अन्तरगतका सञ्चार…
Read More
डाँक बाहक हिरालाल महतो ‘उत्कृष्ट कर्मचारी’का रुपमा सम्मानित

डाँक बाहक हिरालाल महतो ‘उत्कृष्ट कर्मचारी’का रुपमा सम्मानित

जेष्ठ २९, कावासोती नवलपुर ।जिल्ला हुलाक कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत अतिरिक्त हुलाक कार्यालय देउराली हुप्सेकोटमा कार्यरत डाँक बाहक हिरालाल महतो वैशाख महिनाको ‘उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको छ। वहाँलाई जेष्ठ २८ गते बिहीबार एक कार्यक्रम आयोजना गरी प्रशंसापत्र सहित सम्मान गरिएको हो। कार्यालयका अनुसार फिल्डमा खटिएर हुलाक सेवा प्रवाहमा पुर्‍याउनुभएको योगदान, लगनशीलता तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा वहाँलाई उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरिएको हो। कार्यक्रममा बोल्नुहुँदै जिल्ला हुलाक कार्यालय नवलपुरका हुलाक अधिकृत ठानेश्वर सापकोटाले महतोलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। वहाँले उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमले हुलाक सेवाको मेरुदण्डका रूपमा फिल्डमा निरन्तर खटिरहनुभएका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र हौसला मिल्ने…
Read More
रास्वपा नवलपुर सभापतिमा दोमन भण्डारी ।

रास्वपा नवलपुर सभापतिमा दोमन भण्डारी ।

जेष्ठ २६ , कावासोती नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि भएको निर्वाचनवाट भण्डारी सभापतिमा निर्वाचित हुनुभएको हो । मंगलबार बिहान सकिएको मतगणना अनुसार निकटतम प्रतिद्वन्दी गोकुल सापकोटालाई तीन मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।सोमबार भएको निर्वाचनमा सभापतिका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त गर्नुभो । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपसभापतिमा जगबहादुर राना, सचिवमा विष्णु कँडेल, सहसचिवमा सन्त बहादुर ठाडा मगर निर्वाचित हुनुभएको…
Read More
मगर अक्खा लिपि तथा शव्द सँकलन तालिम सम्पन्न ।

मगर अक्खा लिपि तथा शव्द सँकलन तालिम सम्पन्न ।

२४ जेष्ठ , कावासोती नवलपुर । नवलपुरको कावासोतीमा आयोजित मगर अक्खा लिपि र मगर भाषा शव्द सँकलन कार्यक्रम सकिएको छ । नेपाल मगर सँघ कावासोती नगर समितिद्वारा गत जेष्ठ १७ देखि आयोजित एक हप्ते तालिमको २३ गते शनिवार समापन भएको हो । समापन कार्यक्रममा आयोजक नेपाल मगर सँघ कावासोती नगर समितिकि अध्यक्ष सुनमाया थापा मगरको अध्यक्षता रहेको थियो भने मगर भाषा लेखक तथा साहित्यकर्मी लिला मास्की राना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि लिला मास्की रानाले मगर भाषा साहित्य सँरक्षण र सँवद्र्धनमा यस्ता तालिमहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने वताउनुभयो । वहाँले भाषा जानेर मात्र होईन दैनिक जीवनमा…
Read More
जनजाति महिला महासंघ नवलपुरको अध्यक्षमा मञ्जु दर्लामी ।

जनजाति महिला महासंघ नवलपुरको अध्यक्षमा मञ्जु दर्लामी ।

जेष्ठ २३ , कावसोती नवलपुर ।राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आज कावासोतीमा भएको चौथो अधिवेशनले मञ्जु दर्लामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा टिका गुरुङ, सचिवमा विनिता कानु मगर, सहसचिवमा पवित्रा दरै, कोषाध्यक्षमा मिना भुजेल, सदस्यहरुमा कमला श्रेष्ठ, यमकुमारी महतो, पार्वती माझी लगायतको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ज्योतिकुमारी दरैको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रिय अध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले यो सरकारले संविधान संशोधनमा आदिवासी जनजाति र जनजाति महिलाहरुको अधिकार कटौती गर्न लागेकोले आदिवासी जनजाति महासंघको नेतृत्वमा आन्दोलन अगाडि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.