समाचार

नवलपुरको समग्र स्वास्थ्य अवस्था वारे अन्तरकृया सम्पन्न ।

नवलपुरको समग्र स्वास्थ्य अवस्था वारे अन्तरकृया सम्पन्न ।

भाद्र ३१, कावासोती । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।भाद्र ३१ गते बुधबार, जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा गत वर्ष सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका उपलब्धि, चालु वर्षका योजना तथा जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो। कार्यालय प्रमुख केशव चापागाईँसहित सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका प्रगति, देखिएका चुनौती र आगामी योजनाबारे पत्रकार तथा सरोकारवालाहरूलाई जानकारी दिएका थिए।कार्यक्रममा डेङ्गु, जापानी इन्सेफलाइटिस तथा एचआईभीरएड्स लगायतका स्वास्थ्य समस्याबारे विशेष जानकारी गराइएको थियो। ती रोगहरू कसरी सर्छन्, कुन भाइरसका कारण लाग्छन्, संक्रमणबाट बच्ने तथा रोकथामका उपाय,…
Read More
मगर आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती सम्पन्न, वैरागी नाता र रुद्र सन्देश मगर पुरस्कृत ।

मगर आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती सम्पन्न, वैरागी नाता र रुद्र सन्देश मगर पुरस्कृत ।

भदौ २९, पोखरा​ मगर भाषा साहित्यका आदिकवि सुबेदार रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती मनाइएको छ । नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा गत भाद्र २८ गते , कास्कीको पोखरा स्थित पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरी सारुको जन्मजयन्ती मनाइएको हो । नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क पामी आलेको अध्यक्षता एवम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगर भाषामा साहित्य सिर्जना गर्ने दुई श्रष्टाहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा आदिकवि रेख वहादुर सारु मगर साहित्य पुरस्कार २०८२ वाट सर्जकहरु वैरागी नाता मगर र…
Read More
खानेपानी अभियानका अग्रणीको सालिक अनावरण ।

खानेपानी अभियानका अग्रणीको सालिक अनावरण ।

भाद्र २८ ,नवलपुर ।मध्यविन्दु नगरपालिकाको आरुङ्खोला क्षेत्रमा खानेपानी अभियान थाल्नुभएका अग्रणी व्यक्तित्व स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरको सालिक अनावरण गरिएको छ । मध्यविन्दु १० स्थित आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फिल्टर प्लान्टको परीसरमा स्थापित थापाको अर्धकदको सालिकको शनिवार एक कार्यक्रमका वीच मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले अनावरण गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर भिमलाल अधिकारीले तत्कालीन कठिन परिस्थितिमा पनि आरुङ्खोलाका जनतालाई खानेपानी व्यवस्थापनका लागि स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रसँशा गर्नुभयो । मानिसको जीवनमा नभई नहुने खानेपानी जस्तो अति आवश्यक कुराको व्यवस्थापन गर्नु महान कार्य भएको मेयर अधिकारीले वताउनुभयो । “यो महान…
Read More
हुप्सेकोटको पेलेगामा जमिनवाट निस्किएको धुँवा प्रति सरकारको ध्यानाकर्षण, अध्ययन टोली पठाइने ।

हुप्सेकोटको पेलेगामा जमिनवाट निस्किएको धुँवा प्रति सरकारको ध्यानाकर्षण, अध्ययन टोली पठाइने ।

नवलपुर, भदौ २७ पूर्वी नवलपरासीको हुप्सेकोट ६ पेलेगास्थित घाँगी भिरबाट बारुदको जस्तो गन्ध आउने धुँवाको मुस्लो निस्किरहेको विषय सँसददेखि सरकारसम्म पुगेको छ । गत भाद्र २६ गतेको प्रतिनिधि सभा सँसद वैठकमा नवलपुर क्षेत्र नँ १ का साँसद राजन गौतमले सुन्य समयमा वोल्नुहुँदै विषय उठान गरेपछि सो विषय सरकारसम्म पुगेको हो । पेलेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ । लामो समयदेखि यसरी धुँवा निस्कन थालेपछि स्थानीयहरु त्रसित भएका छन् । जिल्ला प्रहरी नवलपुरले पनि त्यसको अनुगमन गरिसकेको छ । प्रहरी टोलीले लामो समयदेखि धुँवा निस्किरहेको र त्यसको गन्ध बारुदको जस्तो भएको…
Read More
वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वुद्ध सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

भाद्र २४, कावासोती । नवलपुरको कावासोती १ स्थित वुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको कार्यालय प्राँगणमा सम्पन्न कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीको अध्यक्षता रहेको थियो भने , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा , सामुदायिक वन उपभोक्ता महासँघ नवलपुरका कमल वाचे मगर , सव डिभिजन वन कार्यालय कावासोतीका वसन्त दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिप वहादुर मोक्तानले गत आर्थिक…
Read More
बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

बाढीपीडित तथा मृतकहरूको सम्झनामा कावासोती–५ मा दीप प्रज्वलन

नवलपुर,भाद्र १९ । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा दुःख भोगिरहेका सम्पूर्ण नागरिकहरूको सम्झनामा श्रीकृष्ण जन्माष्टमीको दिन कावासोती नगरपालिका–५ मा दीप प्रज्वलन गरिएको छ। पुष्पाञ्जली टोल विकास संस्था तथा वडा नं। ५ भित्रका विभिन्न आमासमूहको आयोजनामा भएको कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष निरजकुमार पुन तथा सामुदायिक विकास केन्द्रका इन्चार्ज विक्रम गैरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष निरजकुमार पुनले विपत्तिमा परेका नागरिकलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै मृतकहरूको सम्झनामा गरिएको दीप प्रज्वलनले पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको बताउनुभयो। त्यस्तै, पुष्पाञ्जली…
Read More
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ , भाद्र १३ भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो । अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन…
Read More
स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

काठमाण्डौँ ।नेपाली पहिचानवादी आन्दोलनका शिखर पुरुष स्वर्गीय गोरेवहादुर खपाँगी मगरको १० आँै वार्षिक स्मृति सभा सम्पन्न भएको छ । भाद्र ११ गते विहीवारका दिन काठमाण्डौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा , गोरे वहादुर खपाँगी फाउण्डेशनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानवशास्त्री प्रा.डा. डम्वर चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले स्वर्गीय खपाँगीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि चेम्जोङ्ले स्वर्गीय खपाँगी नेपाली पहिचानवादी आन्दोलनका अग्रणी नेता भएको वताउनुभयो । वहाँले नेपाली समाज , राजनीति र सत्तामा रहेको एकल जातीय वर्चश्वका विरुद्धमा भएका सँघर्षमा खपाँगीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।…
Read More
भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौ – भाद्र १० गते बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो । चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।
Read More
सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ । बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटनासमेत स्मरण गर्दै सांसदहरूले समयानुकूल ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।वालिकाका वावुआमा र गृहमन्त्री सुदन गुरुङ् वीच भएको सहमति अनुसार विद्यमान कानुनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय सङ्कल्प समिति गठनको प्रक्रिया अघि बढाएको कानुन मन्त्रालयले जनाएको छ । सडक, सामाजिक सञ्जाल र संसद्मा उठेको मृत्युदण्डको मागबारे कानुनमन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.