काठमाण्डौ – भाद्र १० गते बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो ।
चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ ।
महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।