जनकल्याणका २४ विद्यार्थीले पाए पोशाक तथा शैक्षिक सामग्री ।

भाद्र ९ , कावासोती ।
नवलपुरको कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय पोशाक र शैक्षिक सामग्री प्राप्त गरेका छन । विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई , जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले मंगलबार विद्यालयमा एक कार्यक्रम गरी पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिर्जना वि.क. को अध्यक्षता रहेको थियो भने जनकल्याण सामुदायिक वनका अध्यक्ष दल वहादुर वि।क। प्रमुख अतिथी रहनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा वन उपभोक्ता समुहका लेखा संयोजक तिलाराम भुसाल , कार्यसमिति सदस्य बिमला कुमाल, लक्ष्मी बुढाथोकी , गोरे वहादुर वि.क. लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका अतिरिक्त विभाग प्रमुख सीतादेवी डुम्रेले संचालन गर्नुभएको कार्यक्रममा सूचना अधिकारी एवम परीक्षा संयोजक प्रेमध्वज गाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्नुहुंदै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सिर्जना वि.क. ले पोशाक तथा शैक्षिक सामग्री प्रदान गरि विद्यार्थीहरुको पठनपाठनमा सहयोग गरेकोमा जनकल्याण सामुदायिक वन उपभोक्ता समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । वहांले आगामी दिनमा पनि विद्यालय र वन समुहको सम्बन्ध र सहयोग निरन्तर रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.