भोटेकोशी वाढी विश्वकै लागि चेतावनी हो ः प्रधानमन्त्री वालेन्द्र शाह ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । वहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत् तथा जनजीवनमा क्षति पुऱ्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम अझ बढिरहेको बताउनुभयो । प्रधानमन्त्री शाहले भोटेकोशी विपद् नेपालले निम्त्याएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नुपरिरहेको धारणा राख्नुभयो । वहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय…