स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न

काठमाण्डौँ ।
नेपाली पहिचानवादी आन्दोलनका शिखर पुरुष स्वर्गीय गोरेवहादुर खपाँगी मगरको १० आँै वार्षिक स्मृति सभा सम्पन्न भएको छ । भाद्र ११ गते विहीवारका दिन काठमाण्डौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा , गोरे वहादुर खपाँगी फाउण्डेशनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा मानवशास्त्री प्रा.डा. डम्वर चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले स्वर्गीय खपाँगीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि चेम्जोङ्ले स्वर्गीय खपाँगी नेपाली पहिचानवादी आन्दोलनका अग्रणी नेता भएको वताउनुभयो । वहाँले नेपाली समाज , राजनीति र सत्तामा रहेको एकल जातीय वर्चश्वका विरुद्धमा भएका सँघर्षमा खपाँगीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । अद्यापि राज्यको सवै निकायमा एकजातीय वर्चश्व रहनुले खपाँगी मगरको विचार पुष्टि भएको पनि वहाँले वताउनुभयो ।


आयोजक सँस्था गोरे वहादुर खपाँगी फाउण्डेशनका अध्यक्ष हुम वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु पूर्वमन्त्री डा. केशवमान शाक्य, भिक्षु मेधँकर स्थवीर , आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासँघका उपाध्यक्ष शान्ति देवान , नेपाल मगर सँघका पूर्व महासचिव लोक वहादुर थापा, गौरीशँकर माध्यमिक विद्यालय रामेछापका पूर्व प्रधानाध्यापक नीर वहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


सँस्थाका सचिव खड्ग सारुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सँस्थाका सल्लाहकार सञ्जोग लाफा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मगर सँघ सम्वद्ध विभिन्न व्यक्तित्व एवम राजनीतिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्वर्गीय खपाँगीको १० औँ वार्षिक स्मृति सभा नेपाल मगर सँघको काठमाण्डाँै स्थित केन्द्रिय कार्यालय, महोत्तरी जिल्ला , तनहुँ जिल्ला , रुपन्देही जिल्ला लगायत देशका विभिन्न स्थानमा पनि सम्पन्न भएका छन् ।

स्मरण रहोस नेपाली राजनीतिका नेल्सन मण्डेला उपनामले समेत चिनिनुहुने स्वर्गीय खपाँगी , नेपाल मगर सँघको सँस्थापक केन्द्रिय सदस्य हुँदै लगातार चार कार्यकाल अध्यक्ष समेत हुनुभएको थियो । त्यसैगरी स्वर्गीय खपाँगी नेपालमा सर्वप्रथम पहिचान र जातीय मुक्तिको मुद्दा उठान गर्ने दल तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिव पनि हुनुहुन्थ्यो । वहाँ राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महिला वालवालिका तथा समाज कल्याण मन्त्री समेत वन्नुभएको थियो ।

सत्ताको नजरमा सधैँ विझाउने खपाँगी , नेपालका आदिवासी जनजाति,दलित लगायत उत्पीडित समुदायका लागि भने आदर्श पात्र हुनुहुन्छ । पछिल्लो समय खपाँगीलाई सत्ताधारी जातिका राजनीतिज्ञहरुद्वारा समेत आदर्श व्यक्तित्वका रुपमा स्वीकार गर्न थालिएको छ ।

निडर , प्रखर र वौद्धिक वक्ताको रुपमा चिर परिचित वहाँको २०७० वैशाख १२ गते गम्भीर सडक दुर्घटनामा परी उपचारको क्रममा २०७३ भाद्र ११ का दिन दुखन निधन भएको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.