नवलपुरको समग्र स्वास्थ्य अवस्था वारे अन्तरकृया सम्पन्न ।

भाद्र ३१, कावासोती ।

प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भाद्र ३१ गते बुधबार, जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा गत वर्ष सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका उपलब्धि, चालु वर्षका योजना तथा जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो।

कार्यालय प्रमुख केशव चापागाईँसहित सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका प्रगति, देखिएका चुनौती र आगामी योजनाबारे पत्रकार तथा सरोकारवालाहरूलाई जानकारी दिएका थिए।
कार्यक्रममा डेङ्गु, जापानी इन्सेफलाइटिस तथा एचआईभीरएड्स लगायतका स्वास्थ्य समस्याबारे विशेष जानकारी गराइएको थियो।

ती रोगहरू कसरी सर्छन्, कुन भाइरसका कारण लाग्छन्, संक्रमणबाट बच्ने तथा रोकथामका उपाय, उपचार र सावधानीका विषयमा समेत जानकारी दिइएको थियो। साथै, नवलपुर जिल्लामा यी रोगबाट प्रभावित बिरामीको संख्या तथा मृत्युको अवस्थाबारे समेत तथ्यांक प्रस्तुत गरिएको थियो।
त्यसैगरी, जिल्लामा हुने गर्भपतन तथा नवजात शिशुको जन्मसम्बन्धी अवस्था का बारेमा पनि जानकारी गराउँदै यससँग सम्बन्धित स्वास्थ्य अवस्था, चुनौती तथा आवश्यक सावधानीका विषयमा छलफल गरिएको थियो।


कार्यक्रममा नवलपुरका पत्रकार, स्वास्थ्य क्षेत्रका सम्बन्धित व्यक्ति तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या, सेवा प्रवाह तथा आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.