कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।
असार १३ , कावासोती नवलपुर ।नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको पछिल्लो अँकको विमोचन गरिएको छ । पत्रिकाको वर्ष २९ अँक १ को विमोचन, असार १३ गते शनिवारका दिन नवलपुरको कावासोती मगर वौद्ध गुम्वाको सभाहलमा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो । कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको अध्यक्षता रहेको थियो भने राजनीतिकर्मी टोप अस्लामी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारी , कुमारवर्ती वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषाल, नेपाल मगर लेखक सँघकी केन्द्रिय सदस्य लिला मास्की राना लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पछिल्लो समय नेपालीहरुमा…