कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,
कावासोती नवलपुर ,असोज ३१ कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाको सभाहलमा असोज ३० गते शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, विन्दु पौडेल, पूर्व सांसदहरू ओमकला गौतम र विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललगायत जनप्रतिनिधि, पूर्व अध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित, पर्याप्त र सुलभ खानेपानी उपलब्ध गराउन संस्थाले निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए। साधारणसभामा संस्थाका अध्यक्ष अमृतकुमार…