प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले दियो मिडिया हाउसलाई तालिम , वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि हुने विश्वास ।

जेष्ठ २९ , कावासोती नवलपुर ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले प्रदेशभित्रका सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुलाई लक्ष्यित गरी वजार व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । प्रदेशको स्वीकृत बार्षिक कार्यक्रम अनुसार जेष्ठ २८ र २९ का दिन उक्त तालिम दिइएको हो । कास्कीको पोखरा स्थित दिपसागर होटलमा आयोजित कार्यक्रममा बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्था प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार श्री बिमला भण्डारीको अध्यक्षतार रहेको थियो भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका मुख्य सचिव, ऋषिराज अर्याल प्रमुख अतिथि रहनुभएको थियो ।
तालिममा गण्डकी प्रदेश अन्तरगतका सञ्चार माध्यम र सञ्चार क्षेत्रका संघ संगठनहरुको प्रतिनिधित्व गर्दै करिब ४० जनाले सहभागिता जनाएका थिए । नवलपुर जिल्लावाट भने आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी संस्था लि. द्वारा सञ्चालित बुद्ध दर्शन टेलिभिजनका सचिव वेल वहादुर वराल मगर, प्राविधिक जीवन आले मगर र देवचुली टेलिभिजन का प्रबन्ध निर्देशक के.बी राना मगर सहभागी हुनुहुन्थ्यो ।

तालिममा कान्तिपुर मिडिया ग्रुप, काठमाडौंका सी.इ.ओ. महेश सवार र सफल मिडिया पोखरा टेलिभिजन का अध्यक्ष श्री दुर्गाप्रसाद हुमागाईं ले सहजीकरण गर्नुभएको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.