‘राजेन्द्रजीले पहिला नै सेटिङ गर्नुभएको रहेछ’
‘हाम्रो पुस्ता अभिभावकीय भूमिकामा बस्नुपर्छ ।चुनाव गराउँछु मात्र भनेर हुँदैन । दुनियाँले हेर्दा पनि मतदाताले आफ्नो अभिमत दबाबरहित ढंगले व्यक्त गर्न पाएका छन् भन्ने प्रत्याभूति हुनुपर्छ ।’ पहिचानलाई प्रमुख आधार बनाएर राज्य पुनर्संरचना गर्नुपर्ने विषयमा पार्टीमा कुरा नमिलेको भन्दै तत्कालीन उपाध्यक्ष अशोककुमार राईले एमाले छाडेको १३ वर्ष भयो । त्यतिबेला उनीसँगै बाहिरिएका आधा दर्जन केन्द्रीय नेताहरूमध्ये राजेन्द्र श्रेष्ठ मात्रै उनीसँग थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष श्रेष्ठले पनि ६ केन्द्रीय नेतासहित नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न भन्दै पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई भने वार्ता गर्न खटिएका श्रेष्ठले नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक…