भाद्र २४, कावासोती ।
नवलपुरको कावासोती १ स्थित वुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाको कार्यालय प्राँगणमा सम्पन्न कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीको अध्यक्षता रहेको थियो भने , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।

त्यसैगरी कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा , सामुदायिक वन उपभोक्ता महासँघ नवलपुरका कमल वाचे मगर , सव डिभिजन वन कार्यालय कावासोतीका वसन्त दाहाल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सँस्थाका अध्यक्ष जग वहादुर सोतीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिप वहादुर मोक्तानले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ३१ लाख ६१ हजार ७ सय ६१ रुपैयाँ १२ पैसा वरावरको आयव्यय प्रस्तुत गरिएको छ ।

साधारण सभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३८ लाख ४१ हजार ६ सय ४८ रुपैयाँ १२ पैसा वरावरको वजेट पारित गरिएको छ । त्यस्तै साधारण सभाले वनक्षेत्रमा वृक्षरोपण , चोरी सिकारी तथा तस्करी नियन्त्रण , भण्डारणका लागि घाटगद्दी व्यवस्थापन जस्ता महत्वपूर्ण कार्ययोजना पारित गरेको छ भने , उपभोक्ता लक्ष्यित स्वास्थ्य तथा विकास निर्माणका कार्यहरु गर्ने योजनाहरु पनि पारित गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधिहरु, समाजसेवी एवम विभिन्न सँघ सँस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने उपभोक्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।