खानेपानी अभियानका अग्रणीको सालिक अनावरण ।

भाद्र २८ ,नवलपुर ।
मध्यविन्दु नगरपालिकाको आरुङ्खोला क्षेत्रमा खानेपानी अभियान थाल्नुभएका अग्रणी व्यक्तित्व स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरको सालिक अनावरण गरिएको छ ।


मध्यविन्दु १० स्थित आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फिल्टर प्लान्टको परीसरमा स्थापित थापाको अर्धकदको सालिकको शनिवार एक कार्यक्रमका वीच मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले अनावरण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर भिमलाल अधिकारीले तत्कालीन कठिन परिस्थितिमा पनि आरुङ्खोलाका जनतालाई खानेपानी व्यवस्थापनका लागि स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रसँशा गर्नुभयो । मानिसको जीवनमा नभई नहुने खानेपानी जस्तो अति आवश्यक कुराको व्यवस्थापन गर्नु महान कार्य भएको मेयर अधिकारीले वताउनुभयो । “यो महान कार्य गर्ने व्यक्तिको हामी सवैले कदर गर्नुपर्छ” वहाँले भन्नुभयो ।


कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले पनि स्वर्गीय क्याप्टेन लाल वहादुर थापा मगरको योगदानको स्मरण गरेका थिए । त्यसैगरी स्वर्गीय थापाका आफन्तजनहरुले सालिक स्थापना गरेर स्वर्गीय थापाको योगदानको मुल्याँकन गरेकोमा आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वर्गीय थापाका छोरा इन्द्र सुनारी थापा , छोरी प्रमिला थापा , ज्वाइँ मोहनसिँ वाकावल थापा लगायत आफन्तजनहरुको उपस्थिति रहेको थियो भने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , सँघसँस्थाका प्रतिनिधिहरु समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सँस्थाका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्वर्गीय थापाले भारतीय सेनावाट अवकाश भएपछि समाजसेवा थाल्नुभएको थियो । वहाँले वि.स. २०४२ सालमा सरकारी वजेट नहुँदा पनि भारतीय पूर्व गोर्खा सैनिकको हैसियतले भारतीय राजदुतावाससँग आर्थिक समन्वय गरी आरुङ्खोलाका वासिन्दाहरुका लागि खानेपानी आयोजना सञ्चालनका लागि अभियानको नेतृत्व गर्नुभएको थियो । आरुङ्खोला खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको पहलमा सालिक स्थापना गरिएको हो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.