स्वर्गीय गोरे वहादुर खपाँगी मगरको १० औँ स्मृति सभा सम्पन्न
काठमाण्डौँ ।नेपाली पहिचानवादी आन्दोलनका शिखर पुरुष स्वर्गीय गोरेवहादुर खपाँगी मगरको १० आँै वार्षिक स्मृति सभा सम्पन्न भएको छ । भाद्र ११ गते विहीवारका दिन काठमाण्डौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा , गोरे वहादुर खपाँगी फाउण्डेशनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानवशास्त्री प्रा.डा. डम्वर चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले स्वर्गीय खपाँगीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि चेम्जोङ्ले स्वर्गीय खपाँगी नेपाली पहिचानवादी आन्दोलनका अग्रणी नेता भएको वताउनुभयो । वहाँले नेपाली समाज , राजनीति र सत्तामा रहेको एकल जातीय वर्चश्वका विरुद्धमा भएका सँघर्षमा खपाँगीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।…