जेनजी आन्दोलनमा भागेका व्यक्तिद्धारा नवलपुरमा हत्या, २५ दिनपछि काठमाडौंमा पक्राउ
बैशाख १७ , नवलपुर ।नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेतको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बाग्लुङको गल्कोट नगरपालिका–९ का ३१ वर्षीय संजय विकलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका विक यसअघि विभिन्न ज्यान मुद्धामा संलग्न रही भदौ २४ गते जेन्जी आन्दोलनमा फरार भएको खुलेको छ । उनले गत चैत २३ गते बिहान देवचुलीका थनेत र उहाँकी ७१ वर्षीया गुलबसनीया थनेतलाई घरमै आक्रमण गरी गरगहना लुटेर भागेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आक्रमणबाट श्रीमानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उसैदिन मृत्यु भएको थियो…