बुद्धदर्शन टेलिभिजन

82 Posts
भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

भोटेकोशीको माथि नयाँ ताल बनेको पाइयो, सावधानी अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौ – भाद्र १० गते बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो । चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।
Read More
जनकल्याणका २४ विद्यार्थीले पाए पोशाक तथा शैक्षिक सामग्री ।

जनकल्याणका २४ विद्यार्थीले पाए पोशाक तथा शैक्षिक सामग्री ।

भाद्र ९ , कावासोती ।नवलपुरको कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय पोशाक र शैक्षिक सामग्री प्राप्त गरेका छन । विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई , जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले मंगलबार विद्यालयमा एक कार्यक्रम गरी पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिर्जना वि.क. को अध्यक्षता रहेको थियो भने जनकल्याण सामुदायिक वनका अध्यक्ष दल वहादुर वि।क। प्रमुख अतिथी रहनुभएको थियो ।त्यसैगरी कार्यक्रममा वन उपभोक्ता समुहका लेखा संयोजक तिलाराम भुसाल , कार्यसमिति सदस्य बिमला कुमाल, लक्ष्मी बुढाथोकी , गोरे वहादुर वि.क. लगायतको आतिथ्यता रहेको थियो ।विद्यालयका अतिरिक्त विभाग प्रमुख सीतादेवी डुम्रेले संचालन गर्नुभएको कार्यक्रममा…
Read More
सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

सँसदमा पनि उठ्यो मृत्युदण्ड व्यवस्थाको माग ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ । बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटनासमेत स्मरण गर्दै सांसदहरूले समयानुकूल ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।वालिकाका वावुआमा र गृहमन्त्री सुदन गुरुङ् वीच भएको सहमति अनुसार विद्यमान कानुनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय सङ्कल्प समिति गठनको प्रक्रिया अघि बढाएको कानुन मन्त्रालयले जनाएको छ । सडक, सामाजिक सञ्जाल र संसद्मा उठेको मृत्युदण्डको मागबारे कानुनमन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको…
Read More
नवलपुरका व्यवसायीलाई चितवनका  अस्पतालमा सहुलियत उपचार

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

कावासोती , नवलपुर ।नवलपुरका व्यवसायी तथा उनीहरूका परिवारले अब चितवनका चार अस्पतालमा सहुलियत दरमा स्वास्थ्य उपचार सेवा पाउने भएका छन्। नवलपुर उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले भरतपुरस्थित मनकामना अस्पताल र मौलाकालिका अस्पतालसँग सहुलियत उपचारका लागि सम्झौता गरेका हुन्। सम्झौतापत्रमा नवलपुर उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष बुद्धिसागर पोख्रेल , मध्यविन्दु उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष किरणकुमार श्रेष्ठ, मौलाकालिका अस्पतालका तर्फबाट अस्पताल सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद पण्डित तथा मनकामना अस्पतालका तर्फबाट दिलीप घिमिरेले हस्ताक्षर गरेका छन्। यसअघि दुई संघले चितवनस्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजसँग सहुलियत उपचारका लागि सम्झौता गरिसकेका थिए। त्यस्तै, नवलपुरका कावासोती अस्पताल, डण्डा र…
Read More
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा विहीवार जिल्ला प्रहरी परिसर काठमाण्डाै अगाडि धर्ना दिएको छ । श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारले काठमाण्डाै प्रहरी परिसर अगाडि धर्ना दिएका हुन् । प्रहरीले पत्रकार श्रेष्ठलाई गएराति ललितपुरको नख्खुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाण्डाै प्रहरी परिसरको हिरासतमा राखेको छ । महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासङ्घको भनाइ छ ।
Read More
३२ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो , नवलपुरको कावासोतीमा आदिवासी चिकित्साशास्त्र र परम्परागत उपचार पद्धतिवारे विमर्श ।

३२ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो , नवलपुरको कावासोतीमा आदिवासी चिकित्साशास्त्र र परम्परागत उपचार पद्धतिवारे विमर्श ।

श्रावण २४, कावासोती नवलपुर ।आइतवार विश्वभर ३२ औँ विश्व आदिवासी दिवस मनाइएको छ । यस अवसरमा नेपालमा पनि सँघीय राजधानी काठमाण्डौँ र विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले राजधानीको खुलामञ्चमा एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्ने विभिन्न राजनीतिक दलका नेताहरुले संविधान तथा कानुनमा आदिवासीले प्राप्त गरेको अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनको बहानामा प्राप्त अधिकार पनि खोसिने खतरा रहेको बताउनु भयो । वहाँले धर्मनिरपेक्षता, प्रादेशिक संरचना, समानुपातिक तथा समावेशी व्यबस्था आदिवासीले पाएको उपलव्धीका रुपमा…
Read More
नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

कावासोती , नवलपुर । नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन हुने भएको छ। नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रवार सम्पन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले ‘प्रथम नवलपुर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको वताउनुभयो । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा,…
Read More
प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

साउन ९, कावासोती नवलपुर ।लमजुङ् को मध्यनेपाल ४ दुईपिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेको सालिक तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ्ले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी पार्क भित्र आदिकवि भानुभक्त आचार्यको सालिकसँगै रहेको प्रेरणादायी घाँसी खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडमा सँलग्न व्यास नगरपालिका ७ , तनहुँका रोशन कुँवर शुक्रवारका दिन पक्राउ परेको जानकारी दिएको हो । निज कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ् ल्याइ पु¥याइएको विज्ञप्तिमा जनाइएको छ । उनलाई जिल्ला अदालत लमजुङवाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको…
Read More
सोनाम वाङ्चुकले तोडे २६ दिनपछि अनशन, ककरोच जनता पार्टी(सीजेपी) को शान्तिपूर्ण आन्दोलनको आह्वान ।

सोनाम वाङ्चुकले तोडे २६ दिनपछि अनशन, ककरोच जनता पार्टी(सीजेपी) को शान्तिपूर्ण आन्दोलनको आह्वान ।

भारतमा मेडिकल प्रवेश परीक्षा निटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरु भएको विद्यार्थी आन्दोलनको समर्थनमा केन्द्रीय राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा २६ दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्ततः विहीवार अनशन तोडेका छन् । भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह, साथै लद्दाख एपेक्स बडीका प्रतिनिधिहरूको उपस्थितिमा उनले अनशन अन्त्य गरेको बीबीसी हिन्दीले जनाएको छ । देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उनको भनाइ छ । अनशन तोड्दै उनले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गरेका छन् । भारत सरकारसँग भएका सहमति र सर्तबारे भने उनले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने…
Read More
मोदीले मध्यरातमा गरे पेपर लिक विरुद्ध कठोर निर्णय लिने घोषणा ।

मोदीले मध्यरातमा गरे पेपर लिक विरुद्ध कठोर निर्णय लिने घोषणा ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै पेपर लीक गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्।प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्। बिहीबार राति ११ ः ५२ बजे सामाजिक सञ्जाल एक्स मार्फत २ मिनेट ५६ सेकेन्डको भिडियो सार्वजनिक गर्दै मोदीले भने, पेपर लीक कुनै सामान्य विषय होइन। यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि निकै पीडादायी छ। त्यसैले हामीले दोषीहरूलाई कडा सजाय दिन फास्ट ट्रयाक कोर्ट बनाउने निर्णय गरेका छौं।प्रधानमन्त्री मोदीका अनुसार सम्बन्धित विभागहरूले तयार पारेको मस्यौदामा फास्ट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.