बुद्धदर्शन टेलिभिजन

82 Posts
बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

साउन ८, कावसोती नवलपुर । नवलपुरका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरका अध्यक्ष बुद्धिसागर पोख्रेल, देवचुली उद्योग वाणिज्य संघ, देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल तथा मध्यविन्दु उद्योग वाणिज्य संघ, मध्यविन्दुका अध्यक्ष किरणकुमार श्रेष्ठद्वारा जारी सँयुक्त हस्ताक्षरीत ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई पठाइको हो । ज्ञापनपत्रमा विद्युत् आजको समयमा आधारभूत आवश्यकता तथा औद्योगिक उत्पादन, व्यापार, कृषि, पर्यटन र सेवा क्षेत्रको प्रमुख ऊर्जा स्रोत भएकाले विद्युत् महसुलमा थप भ्याट लगाउने निर्णयले उद्योग–व्यवसाय तथा आम उपभोक्तामाथि…
Read More
शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताउनुभएको हो । ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो, यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ , ‘यो सरकार जनताको विश्वास…
Read More
विवाद उत्पन्न भएपछि हटाईयो मास्टर्नी गीत ।

विवाद उत्पन्न भएपछि हटाईयो मास्टर्नी गीत ।

निर्माणाधीन चलचित्र मास्टर्नी’ को प्रमोशनल गीतका कारण विवाद उत्पन्न भएपछि अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत सबै प्लेटफर्मबाट हटाएका छन् । शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द र दृश्यहरू समावेश गरिएको भन्दै चौतर्फी आलोचना र शिक्षक महासंघको विरोधपछि दुवै कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । अभिनेत्री तथा चलचित्रकी निर्मात्री प्रियङ्का कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारप्रसारका लागि मात्र बनाइएको स्पष्ट पारेकी छिन् । उनी भन्छिन्, उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षण पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको…
Read More
मध्यविन्दु प्रादेशिक अष्पतालमा आधुनिक उपकरण सहितको सेवा थप ।

मध्यविन्दु प्रादेशिक अष्पतालमा आधुनिक उपकरण सहितको सेवा थप ।

साउन १ , कावासोती ।नवलपुरको डण्डा स्थित मध्यविन्दु प्रादेशिक अस्पतालले आफ्नो सेवा थप गरेको छ । अस्पतालले शुक्रबारदेखि आधुनिक उपकरणसहितको उपचार सेवाको सुभारम्भ गरी सेवा थप गरेको हो । जस अनुसार अष्पतालमा १० बेडको तीन वटा शल्यक्रिया कक्ष, शल्यक्रिया गरेका बिरामीलाई राख्ने ‘पोष्ट अप केयर युनिट’, विशेष नवजात शिशु स्याहार इकाई र नवजात शिशु सघन उपचार कक्षको शुभारम्भ गरिएको छ । अस्पतालले यी सवै सेवा नयाँ भवनबाट प्रवाह गर्ने जनाएको छ । अथक मेहनत र सबैको प्रयासले यो कार्य सफल भएको अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो । यस्तै सुधार तथा अस्पताललाई थप सुविधासम्पन्न बनाउने उद्देश्यसहित आगामी आर्थिक…
Read More
कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

कावासोतीमा अव सवारी चालक अनुमतिपत्र परीक्षा अनलाईन मार्फत हुने ।

२९ असार , कावासोती । यातायात व्यवस्था कार्यालय कावासोती, नवलपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । गत असार २६ का दिन एक कार्यक्रम गरी कार्यालयले अनलाईन परीक्षाको उद्घाटन गरेको हो । कार्यालयले अनलाइनबाट लाइसेन्सको परीक्षा लिन सुरु गरेको देशभरमा यो नै पहिलो पटक भएको बताएको छ । नयाँ सफ्टवेर प्रणालीको विकास कार्यालयका कम्प्युटर अपरेटर प्रदिप सापकोटाको एकल प्रयासमा भएको र अन्य आर्थिक तथा भौतिक सहयोग कार्यालयले गरेको कार्यालयका निमित्त प्रमुख टेक बहादुर नेपालीले जानकारी दिनुभयो । नयाँ प्रणालीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द…
Read More
भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

कावासोती, असार २७। नवलपुरको कावासोतीमा वसोवास गर्ने पूर्व भारतीय गोर्खा सैनिक तथा परिवारको कल्याणकारी सँस्था भु.पू. सैनिक तथा परिवार कल्याणकारी सँस्थाको अध्यक्षमा सुवेदार प्रेम वहादुर राना चयन हुनुभएको छ । शनिवार , कावासोती १ स्थित पोखरीताल पर्यटकीय स्थलमा सम्पन्न सँस्थाको १२ औँ साधारण सभा तथा चौथो अधिवेशनवाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा योगप्रसाद रिजाल, सचिवमा सुवेदार हिरा वहादुर मिधुन , सहसचिवमा हिमाल गुरुङ्, कोषाध्यक्षमा टेक वहादुर थापा र सहकोषाध्यक्षमा क्याप्टेन हेमवहादुर राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्याप्टेन नल वहादुर कुँवर, हवल्दार दुर्गा वहादुर राना, सुवेदार वीर वहादुर राना , सुवेदार भिम वहादुर सलामी…
Read More
राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसका अवसरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न ।

पोखरा, असार २५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा सहकारी पुनर्जागरण चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखरास्थित दिपसागर होटलमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सहकारी संघका अध्यक्षहरु सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवाला गरी करिब ९० जनाको सहभागिता रहेको थियो। राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सदस्य श्रीमती कमला देवी गिरिको सभाध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सहकारी क्षेत्रको वर्तमान अवस्था, कानुनी सुधार तथा आगामी कार्यदिशाका विषयमा…
Read More
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा

१४ असार , कावासोती नवलपुर ।नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाले शाखाको वार्षिक प्रगति,आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल गर्दै विभिन्न प्रतिवेदन पारित गरेको छ । महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभयो। वहाँले सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीतिहरू अन्ततः नागरिकको सूचना पाउने अधिकारमाथिको हस्तक्षेप हुने उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।…
Read More
कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

असार १३ , कावासोती नवलपुर ।नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको पछिल्लो अँकको विमोचन गरिएको छ । पत्रिकाको वर्ष २९ अँक १ को विमोचन, असार १३ गते शनिवारका दिन नवलपुरको कावासोती मगर वौद्ध गुम्वाको सभाहलमा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो । कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको अध्यक्षता रहेको थियो भने राजनीतिकर्मी टोप अस्लामी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारी , कुमारवर्ती वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषाल, नेपाल मगर लेखक सँघकी केन्द्रिय सदस्य लिला मास्की राना लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पछिल्लो समय नेपालीहरुमा…
Read More
मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

मध्यविन्दु नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडको बजेट सार्वजनिक ।

असार १० , नवलपुर ।नवलपुरको मध्यविन्दु नगरपालिले आगामी आर्थिक वर्षका लागि १ अर्व ३ करोड वरावरको वजेट सार्वजनिक गरेको छ । १९औँ नगर अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उक्त परिमाणको वजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी ले १४९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख पूर्णकला चौधरी ले बजेट पेश गर्नुभएको हो। प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ६५ करोड २० लाख १२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३७ करोड ९६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासका लागि ४४ करोड १२ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३५…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.