भु.पू.सैनिक तथा परिवार कल्याणकारी संस्थाको नेतृत्वमा प्रेम वहादुर राना ।

कावासोती, असार २७।

नवलपुरको कावासोतीमा वसोवास गर्ने पूर्व भारतीय गोर्खा सैनिक तथा परिवारको कल्याणकारी सँस्था भु.पू. सैनिक तथा परिवार कल्याणकारी सँस्थाको अध्यक्षमा सुवेदार प्रेम वहादुर राना चयन हुनुभएको छ । शनिवार , कावासोती १ स्थित पोखरीताल पर्यटकीय स्थलमा सम्पन्न सँस्थाको १२ औँ साधारण सभा तथा चौथो अधिवेशनवाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा योगप्रसाद रिजाल, सचिवमा सुवेदार हिरा वहादुर मिधुन , सहसचिवमा हिमाल गुरुङ्, कोषाध्यक्षमा टेक वहादुर थापा र सहकोषाध्यक्षमा क्याप्टेन हेमवहादुर राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्याप्टेन नल वहादुर कुँवर, हवल्दार दुर्गा वहादुर राना, सुवेदार वीर वहादुर राना , सुवेदार भिम वहादुर सलामी र हवल्दार यम वहादुर खड्का चयन हुनुभएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष श्री लेखनाथ तिवारी को सभाध्यक्षता र संस्थाका संरक्षक कर्णेल धनबहादुर मास्की राना को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष लेखनाथ तिवारी ले संस्थाको वार्षिक प्रगति प्रतिवेदन वार्षिक कार्यनीति प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाका कोषाध्यक्ष श्री टेकबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने परिवार कल्याणकारी संस्थातर्फको आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती दिलमाया के.सी. ले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा वोल्ने वक्ताहरूले संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव राख्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष सुबेदार मेजर बुद्धिबहादुर गुरुङ, पोखरीताल संरक्षण समितिका अध्यक्ष मेखराज श्रेष्ठ, परिवार कल्याणकारी संस्थाकी संरक्षक तथा कवयित्री लिला मास्की राना, भारतीय भू.पू. सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र के.सी. तथा संस्थाका संरक्षक कर्णेल धनबहादुर मास्की राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खुला सत्रको समापन गर्दै निवर्तमान अध्यक्ष लेखनाथ तिवारीले विगतको कार्यकालमा अपेक्षित सहकार्य भएको सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिँदै आगामी कार्यसमितिले संस्थाको उद्देश्यअनुसार अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सदस्यहरूले संगठनलाई थप सुदृढ, सक्रिय र सेवामुखी बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
करिव ५० जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रम, संस्थाका सह–सचिव हिरा बहादुर मिधुन ले सञ्चालन गर्नुभएको थियो।
यसै अवसरमा हालै सम्पन्न कावासोती खानेपानी उपभोक्ता संस्थाको कार्यसमितिमा कोषाध्यक्ष पदमा निर्वाचित मनबहादुर गुरुङ तथा पोखरीताल संरक्षण समितिको उपाध्यक्ष पदमा निर्वाचित हिमाल गुरुङ लाई बधाई तथा सम्मान पनि गरिएको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.