कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।
असार ९, कावासोती नवलपुर ।नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ९९ करोड १० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। असार ९ मँगलवारका दिन नगरपालिकाको सभाहलमा आयोजित नगरसभा तथा १९औँ अधिवेशनमा उपप्रमुख फुलकुमारी थनेतले बजेट प्रस्तुत गर्नुभएको हो। उपप्रमुख थनेतले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा ९९ करोड १० लाख रुपैयाँ आय प्राप्त हुने अनुमान गरिएको छ। अनुमानित आयमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट ७ करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ४० लाख, सशर्त अनुदानबाट ४२ करोड ३३ लाख, विशेष अनुदानबाट २ करोड ९० लाख, समपूरक…