जेष्ठ १३, कावासोती नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासँघ ९फोनिज० नवलपुरका सँस्थापक उपाध्यक्ष रामकुमार श्रेष्ठका स्वर्गीय पिता टेक वहादुर श्रेष्ठको नवौँ पुण्य तिथिमा , फोनिज नवलपुरले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । फोनिज नवलपुरले गत जेष्ठ १३ गते वुधवारका दिन , कावासोती ३ स्थित श्रेष्ठ निवासमा पुगि श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा , फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला राना मगर , फोनिज नवलपुरकी निवर्तमान अध्यक्ष चन्दा गुरुङ्, वर्तमान उपाध्यक्ष पुजा गुरुङ्, लगायतका फोनिजकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फोनिज नवलपुरकी निवर्तमान अध्यक्ष चन्दा गुरुङ्ले श्रद्धाञ्जली पत्र प्रदान गर्नुभएको थियो ।
साथै नेपाल पत्रकार महासँघ नवलपुरले पनि सोही अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रममा महासँघ नवलपुर अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष नारायण शर्मा लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।