कावासोतीमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको विमोचन ।

असार १३ , कावासोती नवलपुर ।
नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको पछिल्लो अँकको विमोचन गरिएको छ । पत्रिकाको वर्ष २९ अँक १ को विमोचन, असार १३ गते शनिवारका दिन नवलपुरको कावासोती मगर वौद्ध गुम्वाको सभाहलमा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो । कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको अध्यक्षता रहेको थियो भने राजनीतिकर्मी टोप अस्लामी प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारी , कुमारवर्ती वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषाल, नेपाल मगर लेखक सँघकी केन्द्रिय सदस्य लिला मास्की राना लगायतको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पछिल्लो समय नेपालीहरुमा पठन सँस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यस्तो परिस्थितिमा पनि नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाले गरेको सञ्चारकर्मको वहाँले प्रसँशा गर्नुभयो । त्यस्तै कार्यक्रमका अतिथि, उच्च अदालतका पूर्व न्यायाधीष ऋषिराम अधिकारीले सञ्चार क्षेत्र कुनै पार्टी वा आस्थावाट प्रभावित हुन नहुने वताउनुभयो । वहाँले सञ्चारका माध्यमहरु आवाज विहीनका आवाज वन्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै कार्यक्रमका अर्का अतिथि , कुमारवर्ती वहुमुखी क्याम्पस कावासोतीका पूर्व क्याम्पस प्रमुख झपेन्द्रश्वर भुषालले नेतृत्व त्रैमासिक पत्रिकाले समाजमा पु¥याएको योगदानको प्रसँशा गर्नुभयो । वहाँले पत्रिकाको व्यापकताका लागि नवलपुर क्षेत्रवाट आफुले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी नेपाल मगर लेखक सँघ केन्द्रिय सदस्य एवम साहित्यकर्मी लिला मास्की रानाले पत्रिकाको कार्य उत्कृष्ट रहेको वताउनुभयो ।
कार्यक्रममा कावासोती १ का वडाध्यक्ष ओम थापा , समाजसेवी कर्णेल धन वहादुर मास्की , पत्रिकाका सम्पादक गोविन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो । रुपन्देहीको वुटवलवाट प्रकाशन हुने नेतृत्व राष्ट्रिय त्रैमासिकको वैशाख–असार अँकमा नवलपुर क्षेत्रका समाजसेवी नर वहादुर ठाडा मगरको कभर स्टोरी छापिएको छ । कार्यक्रममा वोल्ने अधिकाँश वक्ताहरुले नवलपुर क्षेत्रकै अग्रणी समाजसेवी नर वहादुर ठाडाले समाजसेवामा पु¥याउनुभएको योगदानको मुक्त कण्ठले प्रसँशा गर्नुभएको थियो । समाजसेवामा अहोरात्र खटिनुहुने तर सधैँ ओझेलमा पर्नुभएका ठाडाको व्यक्तित्व र योगदानको उजागर गरेकोमा पत्रिकालाई धन्यवाद समेत व्यक्त गरिएको थियो ।


कार्यक्रमका अध्यक्ष समेत रहनुभएका ठाडाले पत्रिकाले आफ्नो कभर स्टोरी छापेकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले आफुलाई अझ जिम्मेवार र सकृय भई समाजसेवामा लाग्ने प्रेरणा मिलेको वताउनुहुँदै पत्रिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । प्रमुख अतिथि राजनीतिकर्मी टोप अस्लामीले पत्रिकाको विमोचन गर्नुभएको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.