तेस्रो नवलपुर आदिवासी जनजाति महोत्सव आज सकिँदै, अपेक्षित सफलता प्राप्त ।
वैशाख १३, कावासोती नवलपुर ।गत चैत्र २६ देखि जारी तेस्रो नवलपुर आदिवासी जनजाति महोत्सवको आज समापन हुँदैछ । समापन समारोहमा नेपाल आदिवासी जनजाति महासँघका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी प्रमुख अतिथिका रुपमा आउनुहुने आयोजक नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । सुस्त भएको आर्थिक गतिविधिलाई चलायमान वनाउने , नवलपुर क्षेत्रका आदिवासी जनजाति समुदायको भाषा, सँस्कृति परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको र त्यस कार्यमा सफलता समेत प्राप्त भएको श्रेष्ठले वताउनुभयो । करिव २ लाख दर्शकले महोत्सवको अवलोकन गरेका र उल्लेख्य रुपमा आर्थिक गतिविध समेत भएको वहाँको भनाई छ । वैशाख ७ गतेसम्मका लागि तय…