समाचार

रास्वपा नवलपुर सभापतिमा दोमन भण्डारी ।

रास्वपा नवलपुर सभापतिमा दोमन भण्डारी ।

जेष्ठ २६ , कावासोती नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि भएको निर्वाचनवाट भण्डारी सभापतिमा निर्वाचित हुनुभएको हो । मंगलबार बिहान सकिएको मतगणना अनुसार निकटतम प्रतिद्वन्दी गोकुल सापकोटालाई तीन मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।सोमबार भएको निर्वाचनमा सभापतिका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त गर्नुभो । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपसभापतिमा जगबहादुर राना, सचिवमा विष्णु कँडेल, सहसचिवमा सन्त बहादुर ठाडा मगर निर्वाचित हुनुभएको…
Read More
मगर अक्खा लिपि तथा शव्द सँकलन तालिम सम्पन्न ।

मगर अक्खा लिपि तथा शव्द सँकलन तालिम सम्पन्न ।

२४ जेष्ठ , कावासोती नवलपुर । नवलपुरको कावासोतीमा आयोजित मगर अक्खा लिपि र मगर भाषा शव्द सँकलन कार्यक्रम सकिएको छ । नेपाल मगर सँघ कावासोती नगर समितिद्वारा गत जेष्ठ १७ देखि आयोजित एक हप्ते तालिमको २३ गते शनिवार समापन भएको हो । समापन कार्यक्रममा आयोजक नेपाल मगर सँघ कावासोती नगर समितिकि अध्यक्ष सुनमाया थापा मगरको अध्यक्षता रहेको थियो भने मगर भाषा लेखक तथा साहित्यकर्मी लिला मास्की राना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि लिला मास्की रानाले मगर भाषा साहित्य सँरक्षण र सँवद्र्धनमा यस्ता तालिमहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने वताउनुभयो । वहाँले भाषा जानेर मात्र होईन दैनिक जीवनमा…
Read More
जनजाति महिला महासंघ नवलपुरको अध्यक्षमा मञ्जु दर्लामी ।

जनजाति महिला महासंघ नवलपुरको अध्यक्षमा मञ्जु दर्लामी ।

जेष्ठ २३ , कावसोती नवलपुर ।राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आज कावासोतीमा भएको चौथो अधिवेशनले मञ्जु दर्लामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा टिका गुरुङ, सचिवमा विनिता कानु मगर, सहसचिवमा पवित्रा दरै, कोषाध्यक्षमा मिना भुजेल, सदस्यहरुमा कमला श्रेष्ठ, यमकुमारी महतो, पार्वती माझी लगायतको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ज्योतिकुमारी दरैको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रिय अध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले यो सरकारले संविधान संशोधनमा आदिवासी जनजाति र जनजाति महिलाहरुको अधिकार कटौती गर्न लागेकोले आदिवासी जनजाति महासंघको नेतृत्वमा आन्दोलन अगाडि…
Read More
लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रा , जनपक्षीय काम कम हल्ला वढी ः वुद्धदर्शन विशेष सम्पादकीय ।

लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रा , जनपक्षीय काम कम हल्ला वढी ः वुद्धदर्शन विशेष सम्पादकीय ।

आज २०८३ , जेष्ठ १५ । नेपालमा सँघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था स्थापना भएको १८ वर्ष पुरा भएको छ । १० वर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेष आन्दोलन, थारु आन्दोलन, सातदलीय गठवन्धन, सात दल र तत्कालीन विद्रोही नेकपा माओवादी वीच भारतको दिल्लीमा भएको १२ वुँदे सहमति पश्चात भएको ६२÷६३ को जनआन्दोलनको उपलव्धि स्वरुप , २०६५ जेष्ठ १५ का दिन सँविधान सभाको पहिलो वैठकले नेपाललाई सँघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।गणतन्त्र नेपालको मुख्य कार्यादेश थिए, धर्मनिरपेक्षता, एकात्मक शासन व्यवस्थाको अन्त्य गरी विकेन्द्रिकरण सिद्धान्तको अवलम्वन, लोककल्याणकारी राज्यव्यवस्था, समावेशी समानुपातिक प्रतिनिधित्व । यी कार्यादेश मध्ये राज्य सञ्चालकहरुले कुनैपनि पक्षलाई राम्रोसँग निभाएको देखिँदैन…
Read More
श्रद्धाञ्जली सभा सम्पन्न ।

श्रद्धाञ्जली सभा सम्पन्न ।

जेष्ठ १३, कावासोती नवलपुर ।नेपाल आदिवासी जनजाति पत्रकार महासँघ ९फोनिज० नवलपुरका सँस्थापक उपाध्यक्ष रामकुमार श्रेष्ठका स्वर्गीय पिता टेक वहादुर श्रेष्ठको नवौँ पुण्य तिथिमा , फोनिज नवलपुरले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । फोनिज नवलपुरले गत जेष्ठ १३ गते वुधवारका दिन , कावासोती ३ स्थित श्रेष्ठ निवासमा पुगि श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा , फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला राना मगर , फोनिज नवलपुरकी निवर्तमान अध्यक्ष चन्दा गुरुङ्, वर्तमान उपाध्यक्ष पुजा गुरुङ्, लगायतका फोनिजकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा फोनिज नवलपुरकी निवर्तमान अध्यक्ष चन्दा गुरुङ्ले श्रद्धाञ्जली पत्र प्रदान गर्नुभएको थियो ।साथै नेपाल पत्रकार महासँघ नवलपुरले पनि सोही अवसरमा श्रद्धाञ्जली सभा…
Read More
हुलाक मार्फत घरघरमा राहदानी सेवा सुभारम्भ ।

हुलाक मार्फत घरघरमा राहदानी सेवा सुभारम्भ ।

जेष्ठ ७, कावासोती नवलपुर ।जिल्ला हुलाक कार्यालय, नवलपुरले घरघरमै राहदानी पु¥याउने सेवाको सुभारम्भ गरेको छ । कार्यालयको टिमले कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको राहदानी घरमै पुगेर हस्तान्तरण गरी सेवाको औपचारिक सुभारम्भ गरेको हो । हुलाक अधिकृत ठानेश्वर सापकोटाले अमितकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्नुभएको थियो । यो सेवासँगै राहदानी लिन सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय सेवाग्राहीहरू उत्साहित बनेका छन्। जिल्ला हुलाक कार्यालयका अनुसार हुलाक सेवामार्फत राहदानी घरमै प्राप्त गर्ने सेवाप्रति जिल्लावासीको आकर्षण दिनानुदिन बढ्दै गएको छ। यसले हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास गरिएको छ। नागरिकमैत्री तथा प्रभावकारी यो सेवाको सुरुवातसँगै…
Read More
पत्रकार रामकुमार श्रेष्ठलाई पितृशोक ।

पत्रकार रामकुमार श्रेष्ठलाई पितृशोक ।

जेष्ठ ६ , कावासोती नवलपुर । नवलपुरको कावासोती क्षेत्रवाट पत्रकारीता गरिरहनुभएका पत्रकार रामकुमार श्रेष्ठलाई पितृशोक परेको छ ।वहाँका पिता टेक बहादुर श्रेष्ठको ७० वर्षको उमेरमा वैशाख ५ गते मँगलवार उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा अचानक समस्या आएपछि वहाँलाई उपचारका लागि भरतपुर लगिएको थियो । स्वर्गीय श्रेष्ठको मँगलवार नै कावासोतीको पिठौली घाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका सँगठित सदस्य समेत रहनुभएका, वहाँको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभयो । वहाँको जन्म २०१२ साल असार १२ गते भएको थियो । वहाँको परिवार…
Read More
जनजाति महासँघको आयोजनामा वुटिक तालिम शुरु ।

जनजाति महासँघको आयोजनामा वुटिक तालिम शुरु ।

जेष्ठ १, कावासोती नवलपुर ।नेपाल आदिवासी जनजाति महासँघ, वडा इकाई परिषद कावासोती १ को आयोजना एवम कावासोती १ वडा कार्यालयको आर्थिक सहयोगमा १५ दिने वुटिक तालिम शुरु भएको छ । तालिमको जेष्ठ १ गते एक कार्यक्रम गरी औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा इकाई परिषदकी अध्यक्ष चनमती रानाको अध्यक्षता रहेको थियो भने कावासोती नगरपालिकाकी नगर उपप्रमुख फुलकुमारी थनेत प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि , नगर उपप्रमुख फुलकुमारी थनेतले तालिमवाट भरपुर फाईदा लिन सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिमवाट सिकेका सीपलाई आयमुलक कार्यमा प्रयोग गनुपर्नेमा जोड दिनुहुँदै वहाँले तालिम लिएका व्यक्तिहरुवाट उत्पादित वस्तुहरुको खरीद विक्री गर्ने व्यवस्थापन पनि गरिने…
Read More
नवलपुरमा पनि उर्लिए सुकुम्वासी , वसिरहेको स्थानवाट विस्थापित नगर्न आग्रह ।

नवलपुरमा पनि उर्लिए सुकुम्वासी , वसिरहेको स्थानवाट विस्थापित नगर्न आग्रह ।

बैशाख २९, कावासोती नवलपुर ।नवलपुरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरेका छन् । सरकारले विना तयारी विभिन्न स्थानमा डोजर लगाएर उठिवास लगाएको भन्दै आफूहरुलाई बसिरहेको ठाउँबाट विस्थापित नगर्न सरकारसँग आग्रह गर्दै प्रदर्शन गरेका हुन् । र्यालीपछि कोणसभा गरेर प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पनि बुझाएका छन् । त्यसअघि फलफूल चोकबाट विभिन्न नारा लेखिएका प्ले कार्डसहितको जुलुस थकाली चोक, सभापति चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।ठूलो संख्यामा उपस्थित भूमिहिन सुकुम्वासीले ‘जमिन कस्को जोत्नेको, घर कस्को पोत्नेको, हुकुमवासीलाई कारवाही गर, भूमि ऐन संसोधन गर, वन ऐन संसोधन…
Read More
कावासोती खानेपानी तथा सरसरफाई उपभोक्ता सँस्थाले मनायो रजत जयन्ती, रजत जयन्ती अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न ।

कावासोती खानेपानी तथा सरसरफाई उपभोक्ता सँस्थाले मनायो रजत जयन्ती, रजत जयन्ती अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न ।

वैशाख २८ , कावासोती नवलपुर ।कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी रजत जयन्ती २०८३ सम्पन्न गरेको छ। आइतबार संस्थाको सभाहलमा आयोजित समारोहमा संस्थाका अध्यक्ष दिपकराज लम्सालको अध्यक्षता तथा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल को प्रमुख आतिथ्यता रहेको थियो । रजत जयन्ती अन्तर्गत वैशाख २५ गते खानेपानी कार्यालय परिसर वरपर सरसफाइ अभियान सञ्चालन गरिएको थियो भने वैशाख २६ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेको संस्थाले जनाएको छ। त्यसैगरी वैशाख २७ गते रजत स्तम्भ अनावरण गर्नुका साथै संस्थाको स्थापनाकालदेखि २०८२ सालसम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.