कावासोती १ मा अभिभावक शिक्षा ।
बैशाख १९, कावासोती नवलपुर ।नवलपुरको कावासोती १ मा रहेका तीन विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई १ दिने अभिभावक शिक्षा प्रदान गरिएको छ । कावासोती नगरपालिका वडा नँ १ को कार्यालयको आयोजनामा अभिभावक शिक्षा गोष्ठी सम्पन्न भएको हो । वडा कार्यालय नजिकैको गणेश मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानी, महाराजा आधारभूत विद्यालय हात्तीखोर र जलदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु एवम अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा तीन वटै विद्यालयका करिव २ सय अभिभावकहरुको उपस्थिति थियो । कावासोती – १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपेन्द्र ढकालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक…