नेपाल शिक्षक महासँघ कावासोतीको अध्यक्षमा शिशिर सिँजाली ।
कावासोती नवलपुर ,माघ ९ ।नेपाल शिक्षक महासँघ कावासोती नगर समितिको अध्यक्षमा शिशिर सिँजाली मगर चयन हुनुभएको छ । माघ ९ गते शुक्रवारका दिन कावासोती ८ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा सिँजालीको नेतृत्वमा २० सदस्यीय नगर कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद न्यौपाने, सह अध्यक्षमा रामचन्द्र दाहाल , सचिवमा अर्जुन देवकोटा , सहसचिवमा ख्यामनन्द वसेल चयन हुनुभएको छ । त्यसैगरी समितिको सँस्थागत सचिवमा गीता शर्मा , दिनेश भट्टराई , शम्भुप्रसाद शाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नयनकला गुरौ, सोमवहादुर कुमाल , समीर वसेल, खुमा पोखरेल, पार्वती पौडेल, प्रेमनारायण न्यौपाने, दिनानाथ लामिछाने, निलकण्ठ तिमल्सिना…