कावासोती नवलपुर ,माघ ९ ।
नेपाल शिक्षक महासँघ कावासोती नगर समितिको अध्यक्षमा शिशिर सिँजाली मगर चयन हुनुभएको छ । माघ ९ गते शुक्रवारका दिन कावासोती ८ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा सिँजालीको नेतृत्वमा २० सदस्यीय नगर कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा प्रेमप्रसाद न्यौपाने, सह अध्यक्षमा रामचन्द्र दाहाल , सचिवमा अर्जुन देवकोटा , सहसचिवमा ख्यामनन्द वसेल चयन हुनुभएको छ । त्यसैगरी समितिको सँस्थागत सचिवमा गीता शर्मा , दिनेश भट्टराई , शम्भुप्रसाद शाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नयनकला गुरौ, सोमवहादुर कुमाल , समीर वसेल, खुमा पोखरेल, पार्वती पौडेल, प्रेमनारायण न्यौपाने, दिनानाथ लामिछाने, निलकण्ठ तिमल्सिना , केमलता चौधरी र दुर्गाराम थापा मगर चयन हुनुभएको छ । पदेन सदस्यमा भने ,नेपाल शिक्षक महासँघ कावासोतीका अध्यक्ष फणिन्द्र पौडेल र नेपाल राष्ट्रिय शिक्षक सँगठन कावासोतीका अध्यक्ष नारायणप्रसाद पाण्डे रहनुभएको छ ।

कार्यसमितिको घोषणा , पदस्थापना तथा सपथ ग्रहण कार्यक्रममा , नेपाल शिक्षक महासँघ नवलपुरका सचिव गिरीराज गिरीको अध्यक्षता एवम नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी , कार्यक्रममा नेपाल शिक्षक महासँघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी विशिष्ट अतिथि रहनुभएको थियो भने, नेपाल शिक्षक सँघ केन्द्रिय सदस्य चेतनाथ अधिकारी , नेपाल राहत शिक्षक सँघका केन्द्रिय उपाध्यक्ष टीकादेवी पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
नगरभरिका शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा , विभिन्न पेशागत सँघ सँगठनका अध्यक्ष एवम प्रतिनीधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवगठित कार्य समितिका पदाधिकारीहरुलाई नेपाल शिक्षक महासँघ नवलपुरका सचिव गिरीराज गिरीले सपथ गराउनुभएको थियो ।

सपथ पश्चात नवनियुक्त अध्यक्ष शिशिर सिँजालीले समग्र शिक्षकहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । वहाँले राजनीतिक विचार र आस्थालाई पर राखेर पेसागत हक र हितका लागि आफु सधैँ दृढ रहने वताउनुभयो । यस कार्यमा आफु र आफ्नो टीमलाई सवैको रचनात्मक सल्लाह र सुझाव प्राप्त हुनेमा वहाँले विश्वास व्यक्त गर्नुभयो ।
नवलपरासी जिल्ला औपचारिक रुपमा पूर्व र पश्चिम नवलपरासीमा विभाजन भएपछि पहिलोपटक कावासोती नगरस्तरीय नेपाल शिक्षक महासँघको गठन भएको हो ।