वैशाख १२, कावासोती नवलपुर ।
नेपाल मगर सँघ कावासोती नगर समितिको अध्यक्षमा पुनः सुनमाया थापा मगर चयन हुनुभएको छ ।
वैशाख १२ गते शनिवार सम्पन्न पाँचौँ अधिवेशनवाट थापाको अध्यक्षतामा १५ सदस्यीय नगर समितिको चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मिन वहादुर सारु, उपाध्यक्षमा देवीमाया सारु , महिला उपाध्यक्षमा सीता आले चयन हुनुभएको छ ।

त्यस्तै सचिवमा धन वहादुर राना, सहसचिवमा रिनु पाटा, सँगठन सचिवमा रुनमाया थापा र कोषाध्यक्षमा याममाया पाटा चयन हुनुभएको छ भने , सदस्यहरुमा यानीसरा गाहा, होम वहादुर फाल, चनु राना , केशमाया ठाडा, धनमाया थापा, शेर वहादुर खण्डलुक र हर्कवहादुर डिसुवा चयन हुनुभएको छ ।

कावासोती – २ स्थित कावासोती गुम्वा विहारको सभाकक्षमा सम्पन्न कार्यक्रममा नेपाल मगर सँघ कावासोती नगर समितिका अध्यक्ष सुनमाया थापाको अध्यक्षता रहेको थियो भने गण्डकी प्रदेश पुर्व मन्त्री एवम प्रदेश साँसद रोशन वहादुर गाहा मगर प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा केन्द्रिय सदस्य ईन्द्र फाल, गण्डकी प्रदेश समितिका उपाध्यक्ष देवीसरा पुलामी , समाजसेवी नर वहादुर ठाडा, वुद्धदर्शन टेलिभिजनका प्रवन्ध निर्देशक थाम वहादुर गाहा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

वर्तमान समितिलाई विस्तार गरी २५ सदस्यीय वनाइने निर्वाचन मण्डलका सँयोजक शत्रुघन थापा मगरले जानकारी दिनुभएको छ । समितिलाई १७ वटै वडावाट प्रतिनिधित्व हुने गरी विस्तारीत गरिने पनि वहाँले वताउनुभयो ।