जनजाति महासँघको आयोजनामा वुटिक तालिम शुरु ।

जेष्ठ १, कावासोती नवलपुर ।
नेपाल आदिवासी जनजाति महासँघ, वडा इकाई परिषद कावासोती १ को आयोजना एवम कावासोती १ वडा कार्यालयको आर्थिक सहयोगमा १५ दिने वुटिक तालिम शुरु भएको छ । तालिमको जेष्ठ १ गते एक कार्यक्रम गरी औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रममा इकाई परिषदकी अध्यक्ष चनमती रानाको अध्यक्षता रहेको थियो भने कावासोती नगरपालिकाकी नगर उपप्रमुख फुलकुमारी थनेत प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि , नगर उपप्रमुख फुलकुमारी थनेतले तालिमवाट भरपुर फाईदा लिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।


तालिमवाट सिकेका सीपलाई आयमुलक कार्यमा प्रयोग गनुपर्नेमा जोड दिनुहुँदै वहाँले तालिम लिएका व्यक्तिहरुवाट उत्पादित वस्तुहरुको खरीद विक्री गर्ने व्यवस्थापन पनि गरिने जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि, कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापाले आदिवासी जनजातिहरुको सशक्तिकरणका लागि वडाले हरेक वर्ष सीपमुलक तथा नेतृत्व विकासका तालिमहरुलाई निरन्तरता दिएको वताउनुहुँदै , तालिमको उपलव्धि, तालिमवाट सिकिएका सीपहरुको दैनिक जीवनमा उपयोग आदिका वारेमा वडाले मिहिन ढँगले अवलोकन तथा नियमन गर्ने वताउनुभयो ।


वहाँले तालिमवाट सिकिएका सीपको व्यवहारिक प्रयोग नभएमा तालिमको अर्थ नरहने वताउनुभयो ।
त्यस्तै आयोजक सँस्थाकी अध्यक्ष चनमती रानाले आर्थिक सहयोग प्रदान गर्नुभएकोमा कावासोती नगरपालिका वडा नँ १ को कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

वहाँले तालिममा निरन्तर उपस्थित भई सकृय सहभागीता जनाउन सहभागीहरुलाई आग्रह गर्नुभयो । साथै वहाँले तालिम प्राप्त गरिसकेपछि निष्किृय नवस्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासँघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, सल्लाहकार सदस्य जगतकाजी गुरुङ्, महासँघ कावासोती नगर अध्यक्ष हिरालाल गुरौ, वडासदस्य सीमा कानुङ, पूर्णवहादुर चितौरे, रेखाकुमारी सुनार , वुद्धदर्शन टेलिभिजनका अध्यक्ष एवम प्रवन्ध निर्देशक थाम वहादुर गाहा लगायतको विशेष आतिथ्यता रहेको थियो भने , विभिन्न सँघ सँस्थाका एवम टोल विकास समितिका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

१५ दिनसम्म कावासोती १ स्थित सेनचेन छोइलिङ् गुम्वाको हलमा चल्ने तालिममा करिव ३५ जना महिलाहरुको सहभागिता रहने आयोजक सँस्थाले जनाएको छ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.