डाँक बाहक हिरालाल महतो ‘उत्कृष्ट कर्मचारी’का रुपमा सम्मानित

जेष्ठ २९, कावासोती नवलपुर ।
जिल्ला हुलाक कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत अतिरिक्त हुलाक कार्यालय देउराली हुप्सेकोटमा कार्यरत डाँक बाहक हिरालाल महतो वैशाख महिनाको ‘उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको छ।

वहाँलाई जेष्ठ २८ गते बिहीबार एक कार्यक्रम आयोजना गरी प्रशंसापत्र सहित सम्मान गरिएको हो। कार्यालयका अनुसार फिल्डमा खटिएर हुलाक सेवा प्रवाहमा पुर्‍याउनुभएको योगदान, लगनशीलता तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा वहाँलाई उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरिएको हो।

कार्यक्रममा बोल्नुहुँदै जिल्ला हुलाक कार्यालय नवलपुरका हुलाक अधिकृत ठानेश्वर सापकोटाले महतोलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। वहाँले उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमले हुलाक सेवाको मेरुदण्डका रूपमा फिल्डमा निरन्तर खटिरहनुभएका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मान कार्यक्रमले कर्मचारीहरूको कार्यसम्पादनमा सकारात्मक प्रतिस्पर्धा सिर्जना हुनुका साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न थप सहयोग पुग्ने जनाइएको छ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.