जेष्ठ ६ , कावासोती नवलपुर ।
नवलपुरको कावासोती क्षेत्रवाट पत्रकारीता गरिरहनुभएका पत्रकार रामकुमार श्रेष्ठलाई पितृशोक परेको छ ।
वहाँका पिता टेक बहादुर श्रेष्ठको ७० वर्षको उमेरमा वैशाख ५ गते मँगलवार उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा अचानक समस्या आएपछि वहाँलाई उपचारका लागि भरतपुर लगिएको थियो ।
स्वर्गीय श्रेष्ठको मँगलवार नै कावासोतीको पिठौली घाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका सँगठित सदस्य समेत रहनुभएका, वहाँको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभयो ।
वहाँको जन्म २०१२ साल असार १२ गते भएको थियो । वहाँको परिवार २०२६ देखि कावासोती–३ मा स्थायी बसोवास गर्दै आएको छ । २०५४ र ०५८ सालमा वहाँ वडा सदस्य निर्वाचित हुनुभएको थियो ।