कावासोती १ मा अभिभावक शिक्षा ।

बैशाख १९, कावासोती नवलपुर ।
नवलपुरको कावासोती १ मा रहेका तीन विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई १ दिने अभिभावक शिक्षा प्रदान गरिएको छ ।


कावासोती नगरपालिका वडा नँ १ को कार्यालयको आयोजनामा अभिभावक शिक्षा गोष्ठी सम्पन्न भएको हो । वडा कार्यालय नजिकैको गणेश मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानी, महाराजा आधारभूत विद्यालय हात्तीखोर र जलदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु एवम अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा तीन वटै विद्यालयका करिव २ सय अभिभावकहरुको उपस्थिति थियो ।


कावासोती – १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपेन्द्र ढकालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक उपलव्धि वृद्धि गर्ने कार्यमा अभिभावकको भुमिका महत्वपूर्ण हुने भएकोले , लालनपालन , खानपान तथा वोली व्यवहार जस्ता विभिन्न आयामका विषयहरुमा अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज गिरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे व्लोन, शिक्षक अभिभावक सँघका अध्यक्ष सृजना विश्वकर्मा, महाराजा आधारभूत विद्यालयका प्रधानाध्यापक शिशिर सिँजाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम वहादुर राना , शिक्षक अभिभावक सँघका अध्यक्ष पदम वहादुर थापा त्यसैगरी जलदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा भुषाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिँ पुलामी , र शिक्षक अभिभावक सँघका अध्यक्ष ज्योतिमाया रानाको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा वडा सदस्यहरु सीमा रकिम कानुङ्, रेखा सुनार लगायतको उपस्थिति रहेको थियो भने , वडा सचिव यामप्रसाद भुषालले सञ्चालन गर्नुभएको थियो ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.