लुम्बिनीले एनपीएल उपाधि उचाल्दा , सुदूरपश्चिम दोस्रो पटक पनि उपविजेता ।

काठमाण्डौँ , मँसिर २७

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि उचालेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३र३ विकेट लिए ।

पहिलो संस्करणमा तालिकाको अन्तिममा रहेर लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यस पटक उपाधि जित्यो । सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेता बन्यो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

लुम्बिनीले एनपीएलको उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.