च्याङ्फा–गोरु अर्थशास्त्र
नेपाल जस्ता मुलुक सुक्दै जाने र अरू कोही मौलाउँदै जाने । अचम्म थियो । विद्वान्हरूले यसैलाई नाम दिए कि, दलाल पूँजीवाद । दलाल पूँजीवाद । गोरु आउट र च्याङ्फा इन । खेतबारीमा च्याङ्फा पस्यो । च्याङ्फाले रोल्पा रुकुमबाट भल्द खेद्यो, दाङबाट बर्ढा। नेपालबाट गोरु खेद्यो । च्याङ्फाले गोरु खेद्यो । सायद केही वर्षभित्रै भकारा र खेतबारीबाट गोरु गायब हुनेछन् । च्याङ्फाले किन गोरु खेद्यो ? गोरु खेदेपछि के भयो ? दाङ रुकुममा ग्रामिण बस्तीमा जे देखियो, यहाँ उतार्ने प्रयास छ । प्रस्तुत छ- अन्तिम भाग । पशु अधिकारको आँखाले रोल्पाका कम्दबाट भल्द विस्थापन र दाङका खेतबाट बर्ढा विस्थापन सुखद् थियो । भकाराबाट नै भल्द वा…