बुद्धदर्शन टेलिभिजन

29 Posts
पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमाल गुरुङलाई परिवारले लाहुरे बनाउन चाहन्थे । तर उनले आफ्नो बाटो आफैं बनाए । पढाइका सिलसिलामा युरोप पुगेका हिमाल अहिले नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक बनेका छन् । ४ मंसिर, काठमाडौं । पोखराका हिमाल गुरुङले युरोप पुगौंला, व्यापार-व्यवसाय चलाउँला र मनग्ये पैसा कमाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर जे नसोचेको त्यही भइदियो । अहिले हिमाल युरोपेली देश नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक मात्र बनेका छैनन्, त्यहाँका थुप्रै नेपाली युवाका लागि प्रेरणा बनेका छन् । घर-परिवार तथा दाजुभाइ उनलाई ‘लाहुरे’ बनाउन चाहन्थे । किनकि, लाहुरे बन्नु उनको परिवारको पर्ख्यौली पेसा जस्तै थियो ।
Read More
श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

यतिबेला कर्मचारीको दिनचर्या हाजिर गर्ने र बस्ने जस्तै भएको छ । न कुनै नयाँ योजना अघि बढेका छन्, न पुराना कार्यले प्राथमिकता पाउन सकेका छन् । ८ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन अघिसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राम्रै चहलपहल हुन्थ्यो । मन्त्रीदेखि कर्मचारीलाई भेट्न आउने आगन्तुकदेखि कूटनीतिक नियोगबाट समेत चहलपहल बढ्दो थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सामान्यतया बिहान १० बजे मन्त्रालय पुगिसकेका हुन्थे । सचिव तथा अन्य कर्मचारीसँग आवश्यक ब्रिफिङ लिन्थे र नयाँ–नयाँ योजना अघि बढाउँदै श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा गर्न सकिने सुधारका पाटाबारे अनेक उपाय लगाइरहेका हुन्थे । तर, अहिले दुई…
Read More
न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

धनाढ्यहरूको मन्दिरतिर गरिबहरूको काँधमा चढेर दर्शन गर्न जाने बाटो लिएकैले यो दुर्घटनासम्म पुग्नुपरेको हो । बरु सीमान्त वर्गलाई ईश्वर सम्झेर या मानव सम्झेर सेवा गरे चैं ममदानी बनिन्छ । यो साता काठमाडौंका डबलीहरूमा कम्युनिस्ट भनिने पार्टीहरूको विघटन, पुनर्गठन, बहिर्गमन सहित आपसमा हेलाँ, घृणा र अपमान छ्यापाछ्याप गरेका अनेक दृश्यहरू मञ्चन भए । लामो समय संसद्, संघीय र प्रदेश तथा स्थानीय सरकार, देशका मुख्य–मुख्य सबै सार्वजनिक संस्था चलाएका र आफ्नो कार्यकालमा समाज रूपान्तरणका लागि उल्लेख्य हस्तक्षेप गर्न नसकेका यी दल र नेताहरू भदौ २४ का घटनाबाट मूर्च्छित भएर ब्युँझदै थिए ।  अग्रभागमा थिए ६५ देखि ८० बीचको उमेर समूहका प्रचण्ड, केपी,…
Read More
राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

यो प्रधानमन्त्री कार्कीको पनि परीक्षा हो । उनले नागरिक सरकारको निष्ठा बचाउन र आगामी चुनावको विश्वसनीयता कायम राख्न चाहन्छिन् भने, कुलमानलाई राजनीतिक स्वार्थको द्वन्द्वबाट मुक्त गर्नुपर्नेछ । २६ कात्तिक, काठमाडौं । चुनाव गराउने जिम्मेवारी पाएको नागरिक सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ संलग्न ‘उज्यालो नेपाल’ दलले मंगलबार निर्वाचन आयोगमा पार्टी विधान र केन्द्रीय कमिटीको सूची बुझायो । ५१ जनाको केन्द्रीय समितिमा कुलमान घिसिङको नाम भने राखिएको छैन । पार्टी निर्माण प्रक्रियामा अग्रपंक्तिमा रहेर काम गरेका जितराम लामाका अनुसार, निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय समितिको सूचीमा घिसिङको नाम समावेश नगरिए पनि उनकै अगुवाइमा खुलेको दल हो यो ।
Read More
बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ?

बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ?

यो एउटै किस्साले पनि त्यहाँको चुनावी नतिजाको रहस्य खोतल्न सघाउँछ । २८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजा अनुसार, एनडीए गठबन्धनले २०२ सिट प्राप्त गर्दा विपक्षी महागठबन्धन जम्मा ३४ सिट मात्र जितेको छ। राज्यका २४३ सिटमध्ये सबैभन्दा धेरै बीजेपीले ८९ सिट जितेको छ। सहयोगी दल जनता दल युनाइटेडले ८५ सिट पाएको छ। एनडीएमा समावेश चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) लाई १९ सिट प्राप्त भएको छ। जीतनराम माँझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच सिट जितेको छ। उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक मोर्चा चार सिट जित्न सफल भएको छ।
Read More
नेपालमा चीन-अमेरिका स्याडो बक्सिङ–२ : जेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म

नेपालमा चीन-अमेरिका स्याडो बक्सिङ–२ : जेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म

जेनजी प्रदर्शनमा तिब्बती युवाहरूले टीओबीको व्यानरमा भाग लिएका थिए । बीआरआई चीनको प्रभाव विस्तार गर्ने माध्यम हो भने दलाई लामा फ्याक्टर चीनको स्वशासित क्षेत्र तिब्बतको सुरक्षा र सार्वभौमसत्तासँग जोडिएको प्रश्न । नेपालमा चीन र अमेरिका बीचको प्रतिस्पर्धा नेकपा (नेपाल कम्युनिस्ट पार्टी) ले सरकारको नेतृत्व गरेको समयमा उत्कर्षमा पुगेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी पास हुन नदिएको आरोप तत्कालीन प्रधानमन्त्री केपी ओलीले लगाएका थिए । याद गरौं त्यसबेला उनीहरू एउटै पार्टीभित्र थिए । बलात्कार अभियोग खेपेसँगै सभामुख महराले राजीनामा दिएका थिए । पछि उनी गिरफ्तार समेत भए । त्यसै बेलामा एमसीसीको चरम विवादले नेकपा ध्रुवीकरण हुँदै विभाजनको सँघारमा पुगेको थियो । नेकपाभित्र बीआरआईको…
Read More
सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ

सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ

आर्थिक प्रस्ताव खोल्नुअघि नै सञ्‍चारमन्त्री खरेलले ‘होल्ड गर्नू’ भनेपछि नयाँ ठेक्का प्रक्रिया स्थगित भएको सूचना टेलिकमले निकालेको हो। त्यसपछि भने प्रक्रिया रोकिएको छ । २ मंसिर, काठमाडौं । आफ्नै स्वामित्वको टेलिकम कम्पनी नेपाल टेलिकमको बिलिङ प्रणालीको नयाँ ठेक्का प्रक्रिया सरकारले रोकिदिएपछि खरिदमा ढिलाइ हुने भएको छ । समयमा ठेक्का नलागे करोडौं ग्राहक भएको टेलिकमको सेवा अवरुद्ध हुने जोखिम बढ्ने देखिन्छ । नेपाल टेलिकमको बिलिङ प्रणालीबारे १३ वर्षदेखि विवाद हुँदै आएको छ । यसअघि सन् २०११ मा चिनियाँ कम्पनी एसिया इन्फोलाई यसको ठेक्का दिइएकोमा त्यसपछि पटक-पटक नवीकरण गर्दै चलाउने गरिएको छ । यसरी नवीकरण गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान…
Read More
मोटरसाइकल वा कार होइन, जेनजीले सार्वजनिक बस चढून्

मोटरसाइकल वा कार होइन, जेनजीले सार्वजनिक बस चढून्

राज्यले सिधै बस खरिद गरेर चलाउने भन्ने हैन, निजी र राज्यको लगानी गरी सार्वजनिक यातायात प्राधिकरण वा कम्पनी मार्फत स्थानीय निकायहरूको क्लस्टर बनाएर व्यवस्थापन गर्ने राम्रो उपाय हो। अहिलेको जेनजी पुस्ता मोटरसाइकल र निजी सवारी साधनप्रति बढी आकर्षित भएको देखिन्छ। सार्वजनिक यातायात प्रयोग गर्न नपरोस् भन्ने चाहना उनीहरूमा स्पष्ट रूपमा बुझ्न सकिन्छ। अब, सबै क्षेत्रमा सुधार आवश्यक छ। सुधारको थालनी यातायात क्षेत्रबाट गरौं, जहाँ यसको अत्यधिक आवश्यकता छ। मुख्यतया, जेनजीको चाहना देशमा विकास र सुशासन नै हो। यी दुवैका लागि यातायात प्रणालीमा सुधार अपरिहार्य छ। सरकारले पछिल्लो केही वर्षदेखि सडक चौडा, अन्डरपास, ओभरपास, फ्लाइओभर र सुरुङ मार्गको सुधार र विस्तार…
Read More
भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?

भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?

जेनजी विद्रोहपछि सत्ताच्युत ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्ति–सञ्चय गरेका थिए । यसपालि जेनजी नाति–नातिनाका रगतको टाटो सुक्न नपाउँदै उनले पुनः भोलेन्टियरको प्रतिकार मार्फत शक्तिमा फर्किन चाहेका छन् ।   ५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । शान्ति सम्झौताका कतिपय नसुल्झिएका मुद्दा यथावत् छन् । द्वन्द्वपीडितहरूमध्ये सबैभन्दा संवेदनशील युद्धका बलात्कार पीडित महिलाहरूले अहिलेसम्म पीडितको पहिचान समेत पाएका छैनन् । उनीहरूको असाध्यै कष्टप्रद र पीडादायी जीवन पढ्न थाल्नुभयो भने तपाईं आफैं अभिघातमा फस्ने अवस्था छ ।  संयोग नै भनौं १९ वर्षपछिको सोही मितिमा आज शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइतीघरबाट नेशनल भोलेन्टियर…
Read More
मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री

९ मंसिर, मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.