राम तामाङ

26 Posts
आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न ।

आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न ।

बुद्धदर्शन टेलिभिजनको प्रवर्द्धक संस्था आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवम ५ औं नेतृत्व चयन कार्यक्रम सम्पन्न । अध्यक्षमा थाम बहादुर गाहा ।
Read More
नवगठित नेकपाको शक्ति कति ?

नवगठित नेकपाको शक्ति कति ?

‘बाह्र वाम एक ठाम’ भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको चुनावी शक्ति कति हो ? २७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दश वटा वाम घटकहरूबीच गत १९ गते पार्टी एकता घोषणा सभामा संयोजक प्रचण्डले भनेका थिए– ‘एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । अब एक नम्बर भयो भयो ।’ दशवटा घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एमालेबाट कारबाहीमा गरेपछि मातृभूमि जागरण अभियान चलाएका नेता भीम रावल पनि मिसिए । नेताहरूका अनुसार रावलको समायोजनले त झन् शक्ति आर्जन गरेको छ ।
Read More
महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

महेश बस्नेत भन्छन्- ओलीले बनाएको क्रिकेट मैदानमा कुलमानले जुँगा मुसार्दै उद्घाटन गरे

१ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे ।
Read More
प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा

डिम्ब कारोबारको प्रकरण कलिला किशोरीहरूको शरीरमाथि गरिएको गम्भीर खेलबाड हो । यो काममा महान्यायाधिवक्ता सविता भण्डारीको शेयर रहेको संस्था जोडिएको छ । उनले संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गराएकी छन् । यो सबै थाहा पाउँदा पनि प्रधानमन्त्री चुप बस्नुको सन्देश के हो ? ९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको जगमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले वर्षौंसम्म नातावाद/ कृपावादविरुद्ध आवाज उठाइन् । न्यायिक र लोकतान्त्रिक प्रणालीको शुद्धताको वकालत गरिन् । प्रधानन्यायाधीशबाट अवकास पाएपछि पनि सुशासनको पक्षमा खरो उत्रिइन् । यही छविका कारण जेनजी आन्दोलनपछि उनले मुलुकको प्रधानमन्त्री बनेर शासनको बागडोर सम्हाल्ने जिम्मेवारी पाइन् । जेनजी आन्दोलनकारी मात्र होइन, संकटमा परेको बेलामा…
Read More
निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री

‘अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अब निर्वाधारित समयमै निर्वाचन सम्मन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुछ ।’ ९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् । सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।
Read More
टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहीं न कतै उनको योगदान रहेको कार्की सम्झन्छन् । ‘मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन,’ कार्कीले अनलाइनखबरसँग भने । २४ कात्तिक, काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-७ मा भोटे दमाईको ८४ पूजा धुमधामले चल्दैथियो । सबैजना आ–आफ्नै धुनमा थिए । कोलाहाल भिडमा एकाएक हल्लाखल्ला मच्चियो– डीआईजी आए, डीआईजी आए । दानबहादुरलाई चिन्ने जान्नेले डीआईजी भनिहाले, नचिन्नेहरूले शंका गर्न थाले ।
Read More
चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती

चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती

करिब ३० हजार वर्षदेखि चोभारबाट पानी बाहिर जान शुरु भयो । क्रमशः चोभारको डाँडो खिइँदै गयो । यही क्रम चलिरहँदा करिब १२ हजार वर्षअघि अहिलेको अवस्थामा आइपुग्यो । चोभार डाँडोलाई मञ्जुश्रीले खड्ग वा श्रीकृष्णको खड्गबाट चिरेर पानी निकास भएको भन्नु विज्ञानलाई पुराणले विस्थापन गर्नु हो । कात्तिकको चौथो शनिबार । चोभारस्थित जलविनायक मन्दिर नजिकै बागमती किनारमा एक वृद्ध घाम तापिरहेका थिए । अनायासै उनलाई जलविनायक मन्दिर कति पुरानो हो भनेर सोधें । उनले मलाई एकछिन पुलुक्क हेरे र निधार खुम्च्याउँदै ‘धेरै पुरानो हो । उहिले भगवान मञ्जुश्रीले त्यो चोभार डाँडो खड्गले काटेर पानी बाहिर पठाएपछि नै यो मन्दिर बनेको हो’…
Read More
पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

पोखराका हिमाल गुरुङलाई परिवारले लाहुरे बनाउन चाहन्थे । तर उनले आफ्नो बाटो आफैं बनाए । पढाइका सिलसिलामा युरोप पुगेका हिमाल अहिले नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक बनेका छन् । ४ मंसिर, काठमाडौं । पोखराका हिमाल गुरुङले युरोप पुगौंला, व्यापार-व्यवसाय चलाउँला र मनग्ये पैसा कमाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर जे नसोचेको त्यही भइदियो । अहिले हिमाल युरोपेली देश नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक मात्र बनेका छैनन्, त्यहाँका थुप्रै नेपाली युवाका लागि प्रेरणा बनेका छन् । घर-परिवार तथा दाजुभाइ उनलाई ‘लाहुरे’ बनाउन चाहन्थे । किनकि, लाहुरे बन्नु उनको परिवारको पर्ख्यौली पेसा जस्तै थियो ।
Read More
श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

श्रम मन्त्रालय : छैनन् मन्त्री, फुर्सदमा कर्मचारी

यतिबेला कर्मचारीको दिनचर्या हाजिर गर्ने र बस्ने जस्तै भएको छ । न कुनै नयाँ योजना अघि बढेका छन्, न पुराना कार्यले प्राथमिकता पाउन सकेका छन् । ८ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन अघिसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राम्रै चहलपहल हुन्थ्यो । मन्त्रीदेखि कर्मचारीलाई भेट्न आउने आगन्तुकदेखि कूटनीतिक नियोगबाट समेत चहलपहल बढ्दो थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सामान्यतया बिहान १० बजे मन्त्रालय पुगिसकेका हुन्थे । सचिव तथा अन्य कर्मचारीसँग आवश्यक ब्रिफिङ लिन्थे र नयाँ–नयाँ योजना अघि बढाउँदै श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा गर्न सकिने सुधारका पाटाबारे अनेक उपाय लगाइरहेका हुन्थे । तर, अहिले दुई…
Read More
न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

धनाढ्यहरूको मन्दिरतिर गरिबहरूको काँधमा चढेर दर्शन गर्न जाने बाटो लिएकैले यो दुर्घटनासम्म पुग्नुपरेको हो । बरु सीमान्त वर्गलाई ईश्वर सम्झेर या मानव सम्झेर सेवा गरे चैं ममदानी बनिन्छ । यो साता काठमाडौंका डबलीहरूमा कम्युनिस्ट भनिने पार्टीहरूको विघटन, पुनर्गठन, बहिर्गमन सहित आपसमा हेलाँ, घृणा र अपमान छ्यापाछ्याप गरेका अनेक दृश्यहरू मञ्चन भए । लामो समय संसद्, संघीय र प्रदेश तथा स्थानीय सरकार, देशका मुख्य–मुख्य सबै सार्वजनिक संस्था चलाएका र आफ्नो कार्यकालमा समाज रूपान्तरणका लागि उल्लेख्य हस्तक्षेप गर्न नसकेका यी दल र नेताहरू भदौ २४ का घटनाबाट मूर्च्छित भएर ब्युँझदै थिए ।  अग्रभागमा थिए ६५ देखि ८० बीचको उमेर समूहका प्रचण्ड, केपी,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.