आज देशभर सँविधान दिवस मनाइँदै छ । २०७० मँसिर ४ मा सम्पन्न दोस्रो सँविधान सभाको निर्वाचन पश्चात वनेको संविधानसभाबाट नेपालको वर्तमान संविधान, नेपालको सँविधान २०७२ , असोज ३ गते आजकै दिन जारी भएको थियो ।

संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२, ६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको उपलव्धिका रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।
संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । गत सालको भदौ २३ र २४ मा भएको ‘नवयुवा आन्दोलन’को जगमा २०८२ फागुन २१ मा प्रतिनिधि सभा सदस्यको चुनाव भयो । यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बन्यो । योसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।
वालेन्द्र शाहको नेतृत्वको सरकारले सँविधान सँशोधन वहस पत्र कार्यदल गठन गरेर सँशोधनको प्रकृया थालेको छ । कार्यदलले ४४ हजार सुझाव प्राप्त गरेको छ तर प्रकृयाप्रति प्रश्न उठेपछि सँसदमा त्यो वहस अघि वढ्न सकेको छैन । त्यसो त सँविधान सँशोधनको माग भिन्न भिन्न राजनीतिक कोणवाट हुने गरेको छ । अझ कतिपय त परस्पर विरोधी मागहरु फरक फरक पक्षवाट आएका छन् । के सवैको माग पुरा हुने गरी सँविधान सँशोधन सँभव छ त ? यो भने सम्वन्धित निकायलाई यक्ष प्रश्न वनेर रहेको छ ।