नवलपुर,भाद्र १९ ।
रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा दुःख भोगिरहेका सम्पूर्ण नागरिकहरूको सम्झनामा श्रीकृष्ण जन्माष्टमीको दिन कावासोती नगरपालिका–५ मा दीप प्रज्वलन गरिएको छ।
पुष्पाञ्जली टोल विकास संस्था तथा वडा नं। ५ भित्रका विभिन्न आमासमूहको आयोजनामा भएको कार्यक्रममा बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष निरजकुमार पुन तथा सामुदायिक विकास केन्द्रका इन्चार्ज विक्रम गैरे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष निरजकुमार पुनले विपत्तिमा परेका नागरिकलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै मृतकहरूको सम्झनामा गरिएको दीप प्रज्वलनले पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको बताउनुभयो।
त्यस्तै, पुष्पाञ्जली टोल विकास संस्थाका अध्यक्ष हेमराज थापाले विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति दुःख व्यक्त गर्दै आफूहरूले सक्ने सहयोगसँगै मृतकहरूको चिरशान्तिको कामना गर्न दीप प्रज्वलन गरिएको बताउनुभयो।