प्रेरणादायी घाँसीको सालिक तोडफोडमा सँलग्न व्यक्ति पक्राउ परे ।

साउन ९, कावासोती नवलपुर ।
लमजुङ् को मध्यनेपाल ४ दुईपिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेको सालिक तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ्ले शनिवार एक प्रेश विज्ञप्ति जारी गरी पार्क भित्र आदिकवि भानुभक्त आचार्यको सालिकसँगै रहेको प्रेरणादायी घाँसी खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडमा सँलग्न व्यास नगरपालिका ७ , तनहुँका रोशन कुँवर शुक्रवारका दिन पक्राउ परेको जानकारी दिएको हो ।

निज कुँवरलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ् ल्याइ पु¥याइएको विज्ञप्तिमा जनाइएको छ । उनलाई जिल्ला अदालत लमजुङवाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको छ ।


यसैवीच आदिकवि भानुभक्त आचार्यलाई कवि वन्न प्रेरणा दिने प्रेरणादायी व्यक्ति खड्क वहादुर ठाडा मगरको सालिक तोडफोडको विरोधमा विभिन्न सँघ सँस्थाहरुले विज्ञप्ति प्रकाशन गरी घटनामा सँलग्नलाई पक्राउ गरी कडा कारवाहीको माग गरेका थिए । नेपाल मगर सँघ, नेपाल मगर लेखक सँघ लगायत विभिन्न सँघ सँस्थाले तोडफोडको घटनाप्रति ध्यानाकर्षण जनाउँदै विरोध जनाएका थिए ।

नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क पामी आले मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधीलाई कडा कारवाही र प्रेरणादायी खड्क वहादुर ठाडाको पूर्णकदको सालिक पुनःनिर्माणको माग समेत गरिएको छ ।

साथै सम्वन्धित निकायवाट मागहरु प्रति गम्भीरता नदेखाएमा कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ । ढिलासुस्ती गर्ने , दोषीलाई उम्काउने जस्ता दुस्साहस भएमा इतिहास , स्वाभिमान र न्याय रक्षाका लागि सम्पूर्ण न्यायप्रेमी समुदाय एकजुट भई सशक्त र वुलन्द आन्दोलनमा उत्रन वाध्य हुनेछौँ, विज्ञप्तिमा भनिएको छ ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.