जेष्ठ २३ , कावसोती नवलपुर ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आज कावासोतीमा भएको चौथो अधिवेशनले मञ्जु दर्लामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा टिका गुरुङ, सचिवमा विनिता कानु मगर, सहसचिवमा पवित्रा दरै, कोषाध्यक्षमा मिना भुजेल, सदस्यहरुमा कमला श्रेष्ठ, यमकुमारी महतो, पार्वती माझी लगायतको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
ज्योतिकुमारी दरैको अध्यक्षतामा भएको अधिवेशनमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रिय अध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले यो सरकारले संविधान संशोधनमा आदिवासी जनजाति र जनजाति महिलाहरुको अधिकार कटौती गर्न लागेकोले आदिवासी जनजाति महासंघको नेतृत्वमा आन्दोलन अगाडि बढाइएको बताउनुभयो ।
वहाँले संविधान सभाबाट सुनिश्चित गर्न छुटाईएका आदिवासी जनजातिका अधिकारहरु सुनिश्चित गर्नु पर्नेमा सुनिश्चित भएका अधिकार समेत कटौती गर्न खोजेकोले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका गण्डकी प्रदेश अध्यक्ष मिलन भुजेल, प्रदेश सहसचिव पम्फादेवी श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।