तेस्रो नवलपुर आदिवासी जनजाति महोत्सव आज सकिँदै, अपेक्षित सफलता प्राप्त ।

वैशाख १३, कावासोती नवलपुर ।
गत चैत्र २६ देखि जारी तेस्रो नवलपुर आदिवासी जनजाति महोत्सवको आज समापन हुँदैछ । समापन समारोहमा नेपाल आदिवासी जनजाति महासँघका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी प्रमुख अतिथिका रुपमा आउनुहुने आयोजक नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

सुस्त भएको आर्थिक गतिविधिलाई चलायमान वनाउने , नवलपुर क्षेत्रका आदिवासी जनजाति समुदायको भाषा, सँस्कृति परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको र त्यस कार्यमा सफलता समेत प्राप्त भएको श्रेष्ठले वताउनुभयो । करिव २ लाख दर्शकले महोत्सवको अवलोकन गरेका र उल्लेख्य रुपमा आर्थिक गतिविध समेत भएको वहाँको भनाई छ ।

वैशाख ७ गतेसम्मका लागि तय भएको महोत्सवको अवधि दर्शकको उत्साहजनक उपस्थितिका कारण, १३ गते सम्मका लागि थप भएको थियो । महोत्सवमा आदिवासी समुदायका घर , खानाका परिकार देखि लिएर लण्डन व्रिज आइफेल टावर प्रमुख आकर्षण रहेका छन् । महोत्सवको अन्तिम दिन आज राष्ट्रिय कलाकार रमेशराज भट्टराई, गायिका उमादेवी खनाल , कला लम्साल लगायतको साँगीतिक प्रस्तुति रहनेछ ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.