वैशाख ७, कावासोती ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरको आयोजनामा सञ्चालन भईरहेको तेस्रो आदिवासी जनजाति महोत्सवको १२ औं दिन भव्य रुपमा सम्पन्न भएको छ ।
सोमबार गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । महोत्सवमा दर्शकहरुको उपस्थिति उत्साहजनक भएको कारण महोत्सवको अवधि थप गरिएको आयोजक सँस्था आदिवासी जनजाति महासँघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले वताउनुभयो । महोत्सवको अवधि आगामी वैशाख १३ गते सम्मका लागि थप गरिएको हो ।

१२ औँ दिनको कार्यक्रममा लोक गायक मिलन लामा, गायिका सानु कुस्मी चौधरी, उमादेवी खनाल लगायतको प्रस्तुती रहेको थियो ।
त्यसैगरी १३ औँ दिन ८ गते मँगलवारका दिन चर्चित गायिका समिक्षा अधिकारी, विशाल सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा आदिवासी जनजाति समुदायको परम्परागत सांस्कृतिक घर, खाना स्टलका साथै व्यापारिक स्टल, लण्डन ब्रिज, आइफिल टावर, सेल्फी जोन लगायत विशेष आकर्षणहरु रहेका छन् ।