Uncategorized

लुम्बिनीले एनपीएल उपाधि उचाल्दा , सुदूरपश्चिम दोस्रो पटक पनि उपविजेता ।

लुम्बिनीले एनपीएल उपाधि उचाल्दा , सुदूरपश्चिम दोस्रो पटक पनि उपविजेता ।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३र३ विकेट लिए…
Read More
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ । अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला…
Read More
नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

हरेक नेपालीका भान्सामा हरेक दिन प्रयोग हुने जिरा नेपालमै उत्पादन हुन्छ ? अँहँ, हुँदैन । भन्सार विभागको तथ्यांकले ९९ प्रतिशत जिरा भारत र बाँकी १ प्रतिशत अन्य देशबाट आयात भएको देखाउँछ । ८ मंसिर, काठमाडौं । नेपालीको कुनै त्यस्तो भान्सा छैन होला जहाँ मरसलामा जिरा प्रयोग नहोस् । जिरालाई सामान्य मसलामात्र नभई नेपाली भान्सा र परम्परागत उपचार पद्धतिको अभिन्न अंग मानिन्छ । अझ भन्नुपर्दा पूर्वीय समाजका हरेक भान्सामा जिराको व्यापक प्रयोग हुने गर्छ । मिठो सुगन्ध साथै हल्का पिरो र सामान्य तितो स्वाद हुने जिरा नेपाली भान्सामा अत्यधिक प्रयोग हुने प्रमुख मसलामध्ये एक हो । यो एकवर्षीय झार वर्गमा पर्ने…
Read More
नेपाल ट्रष्टको टेन्डरमा ‘किर्ते कागजात’ बनाउनेलाई अख्तियारको उन्मुक्ति

नेपाल ट्रष्टको टेन्डरमा ‘किर्ते कागजात’ बनाउनेलाई अख्तियारको उन्मुक्ति

८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा कागजात किर्ते गरेको प्रमाण पेस हुँदासमेत अनुसन्धान नगरी संलग्नहरूमाथि उन्मुक्ति दिएको भेटिएको छ । नेपाल ट्रष्टले दरबारमार्गस्थित झन्डै दुई रोपनी जग्गा लिजमा दिँदा प्रतिस्पर्धीहरूले पेस गरेको कागजातमध्ये थमसेर्कु डेभलपर्सले पेस गरेको कागजात किर्ते गरेको फेला परेको हो । तर ती कागजात कसले किर्ते गर्‍यो भन्ने अहिलेसम्म खुलेको छैन । थमसेर्कुले प्रतिस्पर्धाका क्रममा आफूले ३० वर्षको अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ तिर्ने भनी प्रस्ताव गरेको थियो । अरूले निकै कम रकममा प्रतिस्पर्धा गरेको भेटेपछि उसले एक अर्ब ४० लाख रुपैयाँ मात्रै तिर्नसक्ने भनी अर्को प्रस्ताव गरेको…
Read More
टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

टीओबीबारे चिनियाँ पक्षले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै चासो अनि आफ्नै डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले यो समूहको साइनो फ्रि तिब्बतसँग नभएको निष्कर्ष निकालेको छ । ८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले यो समूहको फ्रि तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ । जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरुले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने…
Read More
‘राजेन्द्रजीले पहिला नै सेटिङ गर्नुभएको रहेछ’

‘राजेन्द्रजीले पहिला नै सेटिङ गर्नुभएको रहेछ’

‘हाम्रो पुस्ता अभिभावकीय भूमिकामा बस्नुपर्छ ।चुनाव गराउँछु मात्र भनेर हुँदैन । दुनियाँले हेर्दा पनि मतदाताले आफ्नो अभिमत दबाबरहित ढंगले व्यक्त गर्न पाएका छन् भन्ने प्रत्याभूति हुनुपर्छ ।’ पहिचानलाई प्रमुख आधार बनाएर राज्य पुनर्संरचना गर्नुपर्ने विषयमा पार्टीमा कुरा नमिलेको भन्दै तत्कालीन उपाध्यक्ष अशोककुमार राईले एमाले छाडेको १३ वर्ष भयो । त्यतिबेला उनीसँगै बाहिरिएका आधा दर्जन केन्द्रीय नेताहरूमध्ये राजेन्द्र श्रेष्ठ मात्रै उनीसँग थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष श्रेष्ठले पनि ६ केन्द्रीय नेतासहित नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न भन्दै पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई भने वार्ता गर्न खटिएका श्रेष्ठले नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक…
Read More
डिजिटल साक्षरता पाठ्यक्रममा राख्न जोड

डिजिटल साक्षरता पाठ्यक्रममा राख्न जोड

८ मंसिर, काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले भने, ‘नेपालमा साइबर कानुन बनाउन अब ढिला गर्नु हुँदैन ।’ नेपालमा साक्षरता बढेसँगै डिजिटल हिंसा बढेको तथ्यांक प्रस्तुत गर्दै सचिव रानामगरले भने, ‘आर्थिक वर्ष २०७५–०७६ मा बालबालिकाविरुद्ध १० वटा र महिलाविरुद्ध १९४ वटा डिजिटल हिंसाको उजुरी प्रहरीमा परेको थियो, त्यो संख्या बढेर ०८१–०८२…
Read More
प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन

प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमतिसहितका नातेदारलाई नियुक्ति दिलाएको विषयले तरंगित भएका जेनजीका समूहहरू महान्याधिवक्ता सविता भण्डारी जोडिएको अवैध डिम्ब कारोबारको प्रकरणमा भने मौन देखिन्छन् । ८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार दिउँसो जेनजीका समूहहरू सिंहदरबार गेटमा पुगेका थिए । भित्र छिर्न नपाएपछि मिरज ढुंगाना समूहसहित केहीले सिंहदरबार गेटबाहिर मागपत्र टाँसेर हिँडे । द काउन्सिल अफ जेनजीसहित जेनजी मुभमेन्ट नेपालका केही सदस्य गेटभित्र छिरेर पनि प्रधानमन्त्री भेट्न पाएनन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.