समाचार

नदी कटान र मध्यवर्तीको समस्या दीर्घकालीन समाधान गर्ने घर्तीको प्रतिबद्धता ।

नदी कटान र मध्यवर्तीको समस्या दीर्घकालीन समाधान गर्ने घर्तीको प्रतिबद्धता ।

नेपाली काँग्रेसका तर्फवाट , नवलपुर क्षेत्र नँ २ का उम्मेदवार ओम घर्तीले नदी कटान नियन्त्रण, निकुञ्ज प्रभावित क्षेत्रका समस्या र सुकुम्बासी व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न ऐन–कानुन संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् । घर्तीले निर्वाचनपछि नीतिगत र संरचनागत सुधारमार्फत विकासका काम अघि बढाइने बताए । आइतबार मध्यविन्दु नगरपालिका–२ र ४ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा मतदाताहरूको जिज्ञासाको जवाफ दिँदै घर्तीले यस क्षेत्रको दीर्घकालीन समस्याका रूपमा रहेको नारायणी नदी कटानलाई वैज्ञानिक तवरबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नदी कटान नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण गर्नुका साथै तटबन्धसँगै करिडोर विकासको काम अघि बढाइने बताए। साथै, वर्षौँदेखि नदी कटानबाट प्रभावित भए…
Read More
नेपाल शिक्षक महासँघ कावासोतीको अध्यक्षमा शिशिर सिँजाली ।

नेपाल शिक्षक महासँघ कावासोतीको अध्यक्षमा शिशिर सिँजाली ।

कावासोती नवलपुर ,माघ ९ ।नेपाल शिक्षक महासँघ कावासोती नगर समितिको अध्यक्षमा शिशिर सिँजाली मगर चयन हुनुभएको छ । माघ ९ गते शुक्रवारका दिन कावासोती ८ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा सिँजालीको नेतृत्वमा २० सदस्यीय नगर कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद न्यौपाने, सह अध्यक्षमा रामचन्द्र दाहाल , सचिवमा अर्जुन देवकोटा , सहसचिवमा ख्यामनन्द वसेल चयन हुनुभएको छ । त्यसैगरी समितिको सँस्थागत सचिवमा गीता शर्मा , दिनेश भट्टराई , शम्भुप्रसाद शाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नयनकला गुरौ, सोमवहादुर कुमाल , समीर वसेल, खुमा पोखरेल, पार्वती पौडेल, प्रेमनारायण न्यौपाने, दिनानाथ लामिछाने, निलकण्ठ तिमल्सिना…
Read More
नवलपुरका २ निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेदवारी ।

नवलपुरका २ निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेदवारी ।

नवलपुरको २ वटा निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्र सहित ३७ जनाको उम्मेदवारी परेको छ ।नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा स्वतन्त्रबाट ६ जना र १२ वटा राजनीतिक दलका १२ जना सहित सहित १८ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जनाएको छ । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुरमा ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपा सहितका दलहरुले उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी, राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल…
Read More
कांग्रेसको विभाजनसँगै विवाद उत्पन्न ।

कांग्रेसको विभाजनसँगै विवाद उत्पन्न ।

नेपाली कांग्रेस औपचारिक रुपमा विभाजन भएसँगै झण्डा र चुनाव चिन्हका विषयमा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही र विशेष महाधिवेशन पक्षधरले नयाँ कमिटी चयन गरेसँगै कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । दुवै पक्ष आफू आधिकारिक भएको दाबी गर्दैै आयोग गएका हुन्  ।थापा पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएर विशेष महाधिवेशन गरिएको र नेतृत्व चयन प्रक्रिया अघि बढाएको जानकारीसहित अस्ति मंगलवार नै आयोगमा पत्र बुझाएको छ । नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न अर्को पत्र पठाउने तयारी भएको छ । संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठकबाट महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई…
Read More
भारतीय पूर्व गोर्खा सैनिकहरुका लागि एकदिने शिविर सम्पन्न ।

भारतीय पूर्व गोर्खा सैनिकहरुका लागि एकदिने शिविर सम्पन्न ।

कावासोती , पौष २९ भारतीय पूर्व गोर्खा सैनिकहरुको पेन्सन प्रयोजनका लागि नवलपुरको कावासोतीमा एक दिने शिविर सम्पन्न भएको छ । पौष २९ गते मँगलवारका दिन कावासोती ८ स्थित मनकामना सभाहलमा सम्पन्न शिविरमा नवलपुर क्षेत्रका करिव ३ हजार पाँच सय भारतीय पूर्व गोर्खा सैनिक तथा परिवारले पेन्सन प्रयोजनका लागि पेन्सन पट्टा नवीकरण तथा जीवित प्रमाणपत्र पेश गरेका छन् । भारतीय दुतावास शाखा कार्यालय भरतपुरद्वारा पेन्सनरहरुको सहजताका लागि एक दिने शिविर सञ्चालन गरिएको हो । पेन्सन पट्टा नवीकरण तथा जीवित प्रमाणपत्र पेश गर्नका लागि भरतपुर धाउने झन्झट हटेकोमा पेन्सनरहरुले खुशी व्यक्त गरेका छन् । असहाय र शारीरिक रुपमा असक्षम वनेका पूर्व सैनिक…
Read More
नेपाल एसवीआई वैँक कावासोतीद्वारा विद्यालयमा स्मार्टबोर्ड प्रदान ।

नेपाल एसवीआई वैँक कावासोतीद्वारा विद्यालयमा स्मार्टबोर्ड प्रदान ।

कावासोती , २१ पौष । नेपाल एस वी आइ वैँक कावासोती शाखाले नवलपुरको कावासोती ११ कुढौँली स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई स्मार्ट वोर्ड प्रदान गरेको छ । बैँकले विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा स्मार्ट वोर्ड प्रदान गरेको हो । गत पौष १८ शुक्रवारका दिन एक कार्यक्रमका वीच वैँकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख ७५ हजार रुपैयाँ वरावरको स्मार्ट वोर्ड प्रदान गरेको शाखा प्रमुख पूर्ण कुमार गुरुङ्ले वताउनुभयो ।कार्यक्रममा स्वर्ण महोत्सव समारोह मुल तयारी समितिका अध्यक्ष तिलक थापा मगरको अध्यक्षता रहेको थियो भने समाजसेवी कर्णेल धन वहादुर मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा…
Read More
कांग्रेस महाधिवेशन वैशाख २८ देखि गर्ने प्रस्ताव पारित ।

कांग्रेस महाधिवेशन वैशाख २८ देखि गर्ने प्रस्ताव पारित ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बसेको बैठकमा, नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पारित भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पौषमा प्रस्ताव भएको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।’ यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ…
Read More
सकियो एमाले महाधिवेशन,सपथ ग्रहण सम्पन्न भोलि पहिलो बैठक बस्दै ।

सकियो एमाले महाधिवेशन,सपथ ग्रहण सम्पन्न भोलि पहिलो बैठक बस्दै ।

नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभएको छ भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो । प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा(वादल), गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।शङ्कर पोखरेल महासचिवमा विजयी हुनुभएको छ भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभएको छ । सचिवमा खगराज अधिकारी, पद्मा…
Read More
राइट टु स्टडी नेपालद्वारा शैक्षिक सामग्री सहयोग , कावासोतीका हजारौँ विद्यार्थी लाभान्वित ।

राइट टु स्टडी नेपालद्वारा शैक्षिक सामग्री सहयोग , कावासोतीका हजारौँ विद्यार्थी लाभान्वित ।

कावासोती , मँसिर २८ । परोपकारी सँस्था राइट टु स्टडी नेपालले नवलपुर कावासोतीका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ । गत विहीवार र शुक्रवार दुई दिनमा, सँस्थाले नगरपालिकाभित्रका १० वटा विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको हो । राइट टु स्टडी नेपालका अध्यक्ष पुरण डँगोलका अनुसार , ती विद्यालयहरुमा करिव पाँच लाख रुपैयाँ वरावरको शैक्षिक सामग्री वितरण गरिएको छ । सँस्थाले मँसिर २५ गते विहीवार ,कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयवाट शैक्षिक सामग्री वितरण थालेको थियो । कार्यक्रममा सँस्थाका अध्यक्ष पुरण डँगोल, कावासोती नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष चुरामणि थनेत , कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा, पूर्व वडा…
Read More
निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ । शनिवार, भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा वोल्दै , निर्वाचनको वातावरण नवनेपछि प्रतिनीधि सभा पुनस्र्थापनाको आफ्नो माग यथावत रहेको वहाँले वताउनुभएको हो । वहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै अरू दलहरूलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो । अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत सरकार भएको आरोप लगाउँदै ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.