दोस्रो जीएम कप हुँदै ः १० उत्कृष्ट टीमवीच प्रतिष्पर्धा हुने ।
फाल्गुण ११ , कावासोती । जी एम समाज नवलपुरले आगामी फागुन २८ देखि दोस्रो जीएम कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । चैत ३ गतेसम्म कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगणमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने सोमवार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा वताइएको छ ।प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख रुपैयाँ, द्वितीय हुनेले एक लाख पचास हजार रुपैयाँ र तृतीय हुनेले एक लाख रुपैयाँ सहित पदक तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक जी एम समाजका महासचिव धिरेन्द्र प्रताप गाहा मगरले जानकारी दिनुभयो । त्यसैगरी सान्त्वना पुरस्कारको राशी भने ५० हजार रुपैयाँ, सहित पदक…